विराटनगर । सत्तारुढ गठबन्धन दलमा आवद्ध दलहरुबीच स्थानीय तहको निर्वाचनका लागि भागबण्डा टुङ्ग्याउने तयारी गरिरहँदा प्रदेश १ मा लिम्बुवान पहिचानसहितको पार्टी संघीय लोकतान्त्रिक मञ्चले पनि ८ जिल्लामा ५१ वडा जित्ने दाबी गरेको छ । सो दलले २०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रदेश १ मा ४०८ उम्मेदवार खडा गरेको थियो । तीमध्ये १ वडाध्यक्ष र ५ जना वडा सदस्यले मात्र चुनाव जितेका थिए ।प्रदेशसभा निर्वाचनमा सो पार्टीले समानुपातिकतर्फ २६ हजार १२३ मत प्राप्त गर्दै एक सदस्यमा जित हात पारेको थियो । सो पार्टीक