काभ्रे । धुलिखेल नगरपालिकाले बुबा-आमा विहीन नगरभित्रका २१ जना बालबालिकालाई नगदसहित सम्मान गरेको छ । नगरपालिकाको ३७ औं स्थापना दिवसको अवसर पारेर २१ जना बालबालिकालाई प्रतिव्यक्ति ४ हजार ५७५ रुपैयाँका दरले सम्मान गरिएको हो । स्थापना दिवसको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिनुका साथै नगरपालिकाका गतिविधि समेटिएको ‘समृद्धिको यात्रा’ नामक पुस्तक विमोचन गरिएको छ […]