काठमाण्डाै - नेपाली कांग्रेस काभ्रेले मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सहयोग गरेको निष्कर्षसहित दुई केन्द्रीय सदस्य र प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापतिलाई कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ।
पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का सभापति महेश खरेललाई कारबाही गर्न सिफारिस गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिनुभयो ।
प्रतिन...