चितवन - चितवनको इच्छाकामना गाउँपालिका–३ की मीनाकुमारी राईले ७१ वर्षमा नागरिकता पाउनुभएको छ । माइतीको पहिचान खुलाउन नसकेपछि लामो समयसम्म राईले नागरिकता पाउन नसकेको अवस्थामा स्थानीय जनप्रतिनिधिको पहलमा उहाँले नागरिकता पाउनुभएको हो ।
'माइती खुलाउन नसकेर लामो समयदेखि नागरिकता बनाउन नसकेपछि वडा कार्यालयले माइती पहिचान नभएको भनी मुचुल्का र सिफारिस गरिदिएको र त्यही आधारमा जिल्ला प्रशासनले नागरिकता बनाइदिएको हो', वडाध्यक्ष नरबहादुर नेपालले भन्नुभयोे, 'कसैलाई नागरिकताविहीन हुने अवस्था ...