सत्ता साझेदार १० दल एकमतका साथ प्रस्तुत हुने

काठमाडौँ :  सत्ता साझेदार १० दलका शीर्ष नेतृत्वको बैठक बालुवाटारमा सम्पन्न भएको छ।बैठकमा भोलि आइतवार संसद्‌मा प्रस्तुत गर्ने विधेयक र पर्सि सोमवार संसद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।आइतबारको संसद्‌मा बेपत्ता छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक प्रस्तुत हुँदै छन्।उपराष्ट्रपति निर्वाचन सकिएसँगै प्रधानमन्त्री प्रचण्डले साझेदार दलका शीर्ष नेत

सम्बन्धित सामग्री

आफ्ना उम्मेदवारलाई जिताउन सत्ता साझेदार दलको अपिल

सत्ता साझेदार दल आबद्ध राजनीतिक दलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तय भएका आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन् । सत्ता साझेदार दलका तर्फबाट एक अपिल सार्वजनिक गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि प्रस्तुत उम्मेदवार सबैका साझा भएको उल्लेख गरिएको छ । “नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका …

कांग्रेसको संकल्पपत्र बजेटमा समेटिँदा माओवादी घोषणापत्रलाई कति प्राथमिकता?

काठमाडौं: अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा चुनावअघि नेपाली कांग्रेसले जारी गरेको संकल्पपत्रका धेरै कुरा समावेश छन्। १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेटमा कांग्रेस ‘फ्लेवर’ देखिँदा प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का के कति कार्यक्रम परे भन्नेतर्फ पनि धेरैको चासो छ। माओवादीले जोडदारका…

विधेयक र विश्वासको मतबारे सत्तारुढ गठबन्धनको बैठक

सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । बैठकमा आइतबार सङ्घीय संसद्मा पेस गर्ने विधेयकका बारेमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । यस्तै बैठकमा सोमबार प्रधानमन्त्री प्रचण्डले लिन लाग्नुभएको विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको प्रेस संयोजक शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्री निवास …

प्रचण्डले भने : प्रधानमन्त्री प्रधानमन्त्री नै हुन्छ, निरीह हुने सम्भावना छैन

२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै घेराबन्दी र दबावमा नचल्ने बताएका छन् । सोमबार सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा उनले प्रधानमन्त्रीले निर्णय गर्न सक्छ कि सक्दैन, घेराबन्दीमा पर्छ कि भन्ने चिन्ता नलिन आग्रह गरे । आफू प्रधानमन्त्री नियुक्त भएपछि कतै घेरामा पर्ने हो कि, प्रधानमन्त्रीले निर्णय गर्न […]

अहिलेको सरकार स्थिर र स्थायी सरकार हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार स्थिर र स्थायी सरकार भएको बताउनु भएकाे छ । सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे । साेही क्रममा उहाँले सरकारको स्थायीत्वका विषयमा चलेका हल्लाको पछि नलाग्न पनि आग्रह गर्नुभयाे । उहाँले कुनै हल्लाको पछाडि लाग्नु नपर्ने भन्दै […]

सरकारको २१ बुँदे नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक

काठमाडौं । सात दलीय सत्ता साझेदार दलले २१ बुँदे सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् । सोमबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक

एमसीसीलाई टुंगोमा पु-याउन जोड

सत्ता साझेदार दल तथा प्रतिपक्षी दलका नेताहरुले अमेरिकी सहायता परियोजना एमसीसीबारे आ–आफ्नै अडान र तर्क प्रस्तुत गरेका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेताहरुले एमसीसीलाई एउटा टुंगोमा पु-याउनुपर्ने कुरामा भने जोड दिए ।नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद रामनारायण बिडारीले यो गठबन्धन कायम रहनेगरी र एमसीसी परिमार्जनसहित पारित गर्नेगरी सहमति हुने बताए । बिडारीले […]

देशको क्षेत्रफलको बारेमा सही तथ्याङ्क प्रस्तुत गर्न पोखरेलको आग्रह

सत्ता साझेदार दल (नेकपा माओवादी) केन्द्रका नेता तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले नेपालको क्षेत्रफलको बारेमा सही तथ्याङ्क प्रस्तुत गर्न सरकारलाई आग्रह गरेका छन् । सोमवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले विद्यार्थीहरुले नेपालको सही क्षेत्रफल कति हो भन्दा शिक्षकहरु नाजवाफ भएको भन्दै सरकारले यसलाई उच्च प्राथमिकता दिएर सही तथ्याङ्क प्रस्तुत गर्न सुझाव दिएका हुन् । उनले अहिलेको क्षेत्रफल भन्ने हो भने चुच्चे नक्सा आइसकेको र नयाँ क्षेत्रफल भन्दा सरकारले घोषणा नगरेकोले विद्यार्थीहरु अलमलमा रहेक