एजेन्सी। चीनका राष्ट्रपति सी चिनफिङले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप आफूलाई सैह्य नहुने बताएका छन्। ताइवान र हङकङमा मानवअधिकार उल्लंघनलाई लिएर अमेरिका र अन्य केही देशले चीनमाथि दबाब दिन थालेपछि सीले यस्तो प्रतिक्रिया दिएका हुन्।सीले अमेरिकालाई लक्षित गर्दै भने, ‘अरुको आन्तरिक मामिलामा प्रभाव पार्ने वा हस्तक्षेप गर्ने कुराको समर्थन कसैले गर्न सक्दैन। आजको दुनियाँ न्याय चाहन्छ, हस्तक्षेप होइन।’