चिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ महासचिवमा निर्वाचित हुनुभएको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । सीको अध्यक्षतामा भएको …