तेस्रो पक्षले फुटबल संघको विधानमा हस्तक्षेप गरेको जनाउँदै फिफाले भारतीय फुटबल संघलाई अनिश्चितकालीन प्रतिबन्ध लगायो
सन् २०१० देखि महिला साफ च्याम्पियनसिप हरेक दुई वर्षमा आयोजना भइरहेको छ । हालसम्म पाँचपटक भएको प्रतियोगिताका...
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन बदर गर्ने आदेश गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले आज मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङको निलम्बन बदर गर्ने आदेश गरेको हो । आदेशमा भनिएको छ, “निवेदकलाई मिति २०७९÷९÷०८ देखि स्वतः निलम्बन रहेको भनी सङ्घीय संसद् सचिवालयबाट मिति २०७९/९/१२ मा प्रकाशित […]
काठमाडौं, १५ माघ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले गत नोभेम्बरमा श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको निलम्बन हटाएको छ। आइतबार बसेको बोर्ड बैठकले तत्काल लागु हुनेगरी निलम्बन हटाएको हो। सन् २०२३ को विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि श्रीलंकाका खेलकुदमन्त्री रोशन रानासिङ्घेले श्रीलंका क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए। श्रीलंका क्रिकेट बोर्ड प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो।
काठमाडौं– संघीय संसद् सचिवालयले टेकबहादुर गुरुङको सांसद पद निलम्बन गरेको जनाएको छ । उनीविरुद्ध दर्ता भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा विचाराधीन रहेकाले सांसद पद निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रानुसार गुरुङको सांसद पद निलम्बन गरिएको संसद् सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडाैं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले केसीलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको हाे । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईले केसीलाई निलम्बन गर्ने प्रक्रिया अगाडि बढेकाे बताउनु भयाे । सुन व्यापारीहरूसँग रकम असुली गरेको विशेष सूचनाकाे […]
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बलात्कार मुद्दामा लामिछानेविरुद्ध उजुरी परेपछि क्यानले उनलाई निलम्बन गरेको हो । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई क्यानले निलम्बन गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम शाहले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्। भदौ ५ गते काठमाडौँको एक होटलमा पुर्याएर […]
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ।सन्दीपविरुद्ध एक किशोरीले मंगलबार बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो।प्रहरी अनुसन्धानमा सहयोग गर्न र अन्तर्राष्ट्रिय अभ्यास अनुसार सन्दीपलाई निलम्बन गर्ने तयारी गरिएको क्यानका एक उच्च अधिकारीले थाहाखबरलाई जानकारी दिए। सन्दीप अहिले क्यारेबियन क्रिकेट लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन्। केन्या भम्रणबाट सन्दीप सिधै वेस्ट इन्डिज गएक
काठमाडौँ– सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीको निलम्बन वस्तुपरक तथ्यमा आधारित नभएको ठहर गरको छ। शुक्रबार अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न यसअघि वैशाख ६ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै सर्वोच्चले हचुवाका भरमा निर्णय भएको ठहर गरेको हो। अन्तरिम आदेशलाई निरन्तरता दिने किन नदिने भन्ने विषयमा मंगलबारदेखि भएको सुनुवाइपछि न्यायाधीश सपना प्रधान मल्ल […]
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आफूलाई एक घण्टा भए पनि निलम्बन गरी कारवाही गर्नुपर्ने बताएका छन् । आफूले संसदीय मर्यादा नाघेका कारण एक दिन वा एक घण्टा भए पनि निलम्बन गर्न माग गरेका हुन् ।बिहीबार रातोपाटीसँगको अन्तरवार्ताका क्रममा भुसालले आफूले बाध्यकारी अवस्थामा संसदीय मर्यादा नाघेको र पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीको विवाद मिलिसकेपछि एक दिन वा एक घण्टा भएपनि आफूलाई निलम्बन गर्न माग गरेका हुन् ।भुसालले आफूमाथि कारवाही हुनुपूर्व पहिले पार्टी एक हुनुपर्ने बताएका छन् । केपी ओलीले
भ्रष्टाचार मुद्दामा निलम्बन गरिएका नेपाल प्रहरीका दुई उपरिक्षक (एसपी)को निलम्बन फुकुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र विमल बस्नेतको निलम्बन फुकुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो ।प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार इन्सपेक्टर मेघराज चौरसियालाई पनि सेवामा फिर्ता बोलाउन सिफारिस गरिएको छ । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा रहँदा उनीहरुले भ्रष्टाचार गरेको आरोपमा गृहमन्त्रालयले ०७७ मंसिरमा तीनै जनालाई निलम्बन