हाकिम एक साताभन्दा बढी बिदामा बस्दा सेवाग्राही मर्कामा

काठमाडाैँ- मुगुको चारवटा गाउँपालिकालाई कार्यक्षेत्र तोकेर सोरुकोटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको सेवाप्रवाह एक साताभन्दा बढीदेखि ठप्प छ। इलाका प्रशासन कार्यालयका प्रमुख बिदामा बस्दा एक साताभन्दा बढी समयदेखि सेवा ठप्प भएको हो। इलाका प्रशासनका शाखा अधिकृत खड्गबहादुर बस्नेत १२ असार असारदेखि बिदामा बस्दा सेवाप्रवाह ठप्प भएको हो। उनी बिदामा बसेपछि सुब्बाको भरमा कार्यालय सञ्चालनमा छ। […]

सम्बन्धित सामग्री

खाँडाचक्र नगरपालिकामा हाकिम खोज्दै सेवाग्राही

बिहिबार साढे एघार बजे तिर जिल्लाको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकाको कार्यालयमा एकजना सेवाग्राही पुगे। उनी कार्यालयमा पुग्दा कार्यालयमा कोही कर्मचारी पनि थिएनन्।...

वाह दलाल, क्या कमाल !

देशमा बेच्न अब केही बाँकी रहेन । जंगल बेचिन्थ्यो उहिले, पञ्चायती कालमा सबैजसो जंगल दरबारीहरूका हातबाट स्वाहा/कालकवलित भयो । केही जंगलीहरूले गाउँका मान्छे लखेटेर सिध्याएपछि अहिले फेरि जंगल बढेको छ रे । अब त्यो जंगल विक्री गर्ने नयाँ पात्र तयार हुँदै नै होलान्, वैज्ञानिक वन व्यवस्थापनका नाममा । अगाडि वैज्ञानिक शब्द झुन्ड्याएपछि जे जे भकुन्ड्याए पनि भै हाल्छ क्यारे ! त्यसपछि ढुंगा, गिट्टी बेचियो । काठमाडौंका खोलाबाट, वरिपरिका डाँडाबाट र त्यसपछि बाहिरका खोला र चुरेबाट पनि । तर त्यति मात्र बेचेर पुगेन । उत्पादन बनाएर बेच्न त पैसा हुनुपर्‍यो, रंगढंग पनि हुनुपर्‍यो, व्यवसायलाई फस्टाउन दिने वातावरण बनाउनुपर्‍यो । त्यस्तो झन्झट कसले गरोस् ? त्यसैले अहिले त विदेशीलाई खोला बेचेर विदेशतिरै बिजुली बेच्ने गोरखधन्धा पनि शुरू भएको छ क्यारे ! यता भने खाडीको तेलले गाडी गुडाउँदै धूँवा उडाउँदै छौं । त्यसै बहादुर भनेका हुन् र हामीलाई कुइरेहरूले ? व्यवसायलाई फष्टाउन दिन त सरकार, राजनीतिक दल र कर्मचारीहरूमा दरो इच्छाशक्ति हुनुपर्‍यो । यी कुराहरू केही नभएपछि अब बेच्न सजिलो भनेको देश र देशवासी त बाँकी छन् नि । त्यसैले बिचरा नेताहरू नागरिकहरूलाई नै बेच्ने बाध्यतामा पुगेछन् । सीधै बेच्न मिलेन, त्यसका लागि त दलहरू चाहियो, द–लालहरू पनि चाहियो । केही वर्ष अघिसम्म चेलीबेटी बेचिएका समाचार धेरै आउँथे । अहिले अलि कम आउँछन् । अचेल चेलाबेटा नै बेचिन्छन् । हुँदा हुँदा स्वदेशी चेलीबेटी चेलाबेटाहरूलाई विदेशी बनाएर पनि बेच्न थालिसकेछन् । पहिले पुण्य काम भन्दै कमिसनको मिसन चलाए । अहिले पोलापोल र गुप्ती खोलाखोलमा कस्सिएका छन् । यो साँपसिढी खेलमा को चढ्ने हो को खस्ने हो ठेगान हैन । नक्कलीलाई सक्कली र सक्कलीलाई नक्कली बनाउने अक्कली दलाल नेपालमै छन् । त्यसैले त अहिले जताततै चर्चा छ त मान्छे बेच्ने बिचौलिया र दलालहरूको । हुन पनि अहिलेको जमानामा दलाल नै राजनीतिक बजारको असली माल हो । कमालको कुरा के हो भने विनादलाली बाँकी सबै बबाली हुन्, बेकारी हुन् । नित्य नयाँ खाल्डोमा गिर्दो राजनीतिमा दलाल नै मुख्य सूत्रधार हो, दलाली नै मूलधार हो । उही नेताको साभार पनि हो, ब्रिफकेसको आधार पनि हो । बरु आउनोस् हाम्रा प्यारा द–लाल नवराजा ! बियरसँग कमिशनको चटनी चाट्दै जेल जानुस् ताजा ताजा ! तपाईंलाई यता ठूला नेताजीहरूले पनि सम्झिरहनु भएको छ, ‘तिम्लाई बंगाला कल्ले किन्दियो’ भन्दै । खासमा नेताजीको महल र पार्टी कार्यालयले तपाईंलाई मिस गरिरहेको छ । अहिले ठूला नेताजीका वाणी तपाईंका लागि ईश्वरीय वरदान सावित हुन सक्छ । कुर्नुस् है । केवल केही समयको कुरा न हो । ठूला नेताजीहरू सच्चा दलालका खोजीमा हुनुहुन्छ, तपाईंका लागि त्यो अवसर हो । किनकि तपाईंलाई थाहै छ, कुर्सीमा बस्ने बसाउने खेलमा अरूको भन्दा दलालकै भूमिका महान् हुन्छ । दलालले भन्दा बढी कुनै कुरा कसैले जान्न सक्तछ भने त्यो स्वयं दलाल नै हुन्छ । कुर्सी रसका रसिक दुर्जनहरूले पनि भन्छन् कि उनीहरूका दाता दलाल नै हुन् । लोकतन्त्रमा लोककल्याणका लागि यो धर्तीमा दलालहरू नित्य अवतरण भैरहन्छन् । अरू अवतारहरू त दलालत्वका निमित्त मात्र हुन् । तर दलाल र दलाली चैं सृष्टिको सार हो, जीवनको आधार हो ।  भद्रजन र सेवाग्राही भन्छन्, ‘मन्त्रीभन्दा हाकिम ठूला, हाकिमभन्दा दलाल ठूला । हेर्नुस त, केही दलालहरूले गृह मन्त्रालयलाई गिरोह मन्त्रालय बनाइदिएको ! तिन लोक चौध भुवन नै दलालकै आदेशको अधीनमा चल्छन् । कुर्सीको अस्तित्वमा मतभेद हुन सक्छ, कुर्सीकै लागि हानाहान र तानातान हुन सक्छ । वादविवाद, घातप्रतिघात जे पनि हुन सक्छ । तर दलालको अस्तित्व र प्रभुत्वमा आजसम्म कुनै मतभेद छैन, विरोध र प्रतिरोध छैन । कहिलेकाहीँ दलाल र दलालबीच दाह्रा किटाकिट चाहिँ हुन्छ, त्यसलाई अन्यथा ठान्न मिल्दैन है ! त्यसैले त दलाललाई सबैले ‘मेरे लाल’ भन्छन् र उनीहरूका कुरा खान्छन् पनि । तिनै दलालले कुर्सीतिर लान्छन्, कहिलेकाहीँ जेल तान्छन् पनि । राजनीतिमा जस्तो दलालहरूका बीचमा खाने, ख्वाउने, मान्ने, मनाउने कुराहरूमा कुनै लफडा, झगडा छैन । बरु प्रत्येक दलालले अन्य दलालहरूलाई आदर–प्रशंसा एवं पूजासहित पूर्ण सम्मान दिने गरेका छन् । त्यसैले त धेरै राजनीतिक सम्प्रदाय त केवल दलालवाणीको आधारमै कायम छन् । अनि चम्चाहरू पनि दलालका प्रशंसा गर्न कहिल्यै चुक्तैनन् । उनीहरूले त दलाली नै विकासको नयाँ बाटो भन्दै भ्रष्ट साधनामा मनसिद्धिको सम्पूर्ण श्रेय आफ्नो दलाललाई दिन्छन् । दलाल र दलालतन्त्र सर्वत्र फैलिएका छन् । यसरी प्रदेश र संघका सबै राजधानी वरपर हरक्षण दलाल प्रकट भइरहन्छन् । दलाल, हाकिम र नेता एकै ठाउँ खडा छन् जताजता ।  भ्रष्टाचार अनि ठगीको जालो फैलिरहेछ यता त्यता ।  जनता जसलाई ठान्दछन् लाल, ती त दलाल पो रहेछन् ।  मान्छे बनाउने होइन, मान्छे नै बेच्ने कमाल गर्दा रहेछन् ।  दलालको वाणीलाई चम्चाहरू महान् अस्त्र मान्छन् । चम्चाशास्त्रमा दलालको प्रशंसा र आभार व्यक्त गर्नका लागि ‘दलाल स्तुति’ नामक बृहत् ग्रन्थ दलाललाई नै समर्पित गरिएको हुन्छ । चम्चाहरूले उचित दलालको चुनाव गर्न पनि जोड दिँदै आएका छन् । यो संसार सागरमा केही नक्कली दलाल बनेर पनि हिँड्ने गरेका पाइन्छन् । ‘उनीहरूबाट सावधान रहँदै हामी सच्चा दलालको परिक्रमा गर्नुपर्छ । सच्चा दलालको परिक्रमा र परिभ्रमणबाट ब्रह्माण्डका सबै सुख प्राप्त गर्न सकिन्छ’ भन्छन् चम्चाहरू । दलालको स्तुतिमा चम्चाहरूले धेरै कुरा लेखेका पनि छन् । किनकि उनीहरूलाई राम्रोसँग थाहा छ, दलालकै कृपाबाट मालदार अड्डामा सरुवा, बढुवा, सरकारी संस्थानमा हाकिम र मन्त्री, मुख्यमन्त्रीको कुर्सी समेत पाउन सकिन्छ । त्यसैले दलालको स्मरण मात्रले पनि दिमागबाट सारा पर्दा खुल्छन् । अतः चम्चाहरू भन्छन्, दलाल साधकहरूले मन, वचन एवं कर्मले दलालवाणीलाई आत्मसात् गर्नुपर्छ । दलालहरूको हरपल जयजयकार गर्नुपर्छ ।  तपाईं पनि जीवनमा उन्नति, प्रगति गर्न चाहनुहुन्छ भने दलाल स्तुति गर्न समय छँदै शुरू गरिहाल्नोस् है !

पर्सा मालपोत र भूमि सुधारमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट मालपोत कार्यालय पर्सामा आएका शम्भु साह कार्यालयमा मुख्य कर्मचारी नहुँदा काम नबनेपछि आईतबार यत्तिकै घर फर्किन बाध्य भए । मोहीले बुझाएको रकम लिन काठमाण्डौबाट आएका अर्का एक युगलजोडी पनि संघीय गणतान्त्रिक देशका मालपोत र भूमिसुधार कार्यालय पर्साका हाकिम र कर्मचारी नभएकै कारण सेवा लिन नसकी खाली हात घर फर्कन […] The post पर्सा मालपोत र भूमि सुधारमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेवा अस्तव्यस्त सेवाग्राही हैरान

सप्तरीका सामुदायिक विद्यालय र स्थानीय तह, वडा कार्यालयका कर्मचारीहरू समयमा कार्यालय नआउँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। सरकारी कार्यालयहरूमा एक/दुई दिनमा हुने कामलाई हप्तौँ र महिनौँसम्म लाग्ने गरेको छ। शम्भुनाथ नपा–६ की सेवाग्राही प्रतिमा चौधरीलाई घरेलु तथा साना उद्योग कार्यालय सप्तरीमा बिहीबारदेखि मङ्गलबारसम्म कार्यालय धाउँदा पनि हाकिम नभएपछि फेरि शुक्रबार आउन भनियो।

हाकिमको टाउकोमा वीपीको चश्मा

भन्सार अड्डामा छुट्टै रौनक छ । नयाँ हाकिम आएदेखि धेरैको दिनमा भोक र रातमा निद्रा परेको होइन । सेवाग्राहीलाई गुनासो गर्न अनुरोध गरियो । जनगुनासो तुरुन्त सुनुवाई गर्न निर्देशन भयो । नियतबस दुःख दिने कर्मचारीलाई सोधपुछ गरियो । आवश्यक कागजपत्र पुग्दा ‘प्रक्रिया नमिलेको’ भन्न नपाइने भयो । सेवाग्राहीले एजेन्टलाई नभई बैंकमा राजश्व जम्मा गर्न लगाइयो । कार्यालयको गतिविधिबाट कर्मचारीको इज्जत बढेको थियो । सीमित कर्मचारीबाहेक बाँकी कर्मचारी, सेवाग्राही आदि सबै खुशी थिए । आज उनै हाकिम ३ महिनामै प

स्थायी सरकारको गति र मति

देउवालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त त गरिन्, तर उनलाई त्यो सूचना दिन भ्याएकी छैनन् जस्तो छ । किनकि देशमा प्रधानमन्त्री छन्, सरकार छ भन्ने संकेत अहिलेसम्म कुनै क्षेत्रमा पनि देखिएको छैन । मान्छेहरू घडी हेरेर ३० मिनेट बस्न सक्दैनन्, तर देउवाले विना कुनै काम क्यालेण्डर हेरेरै ३० दिन बिताइसके । यता कर्मचारीतन्त्र पनि सुस्त छ । यसको गति र मति पुरानै पाराको छ । नेपाली सरकारी कार्यालय यी तीन कुरामा चल्छन् रे– नोटसिट अर्थात् टिप्पणी, नोट र बस्ने सिट । यसमध्ये एकको अभावमा पनि कार्यालयले गति लिँदैन । कुनै पनि अधिकारी वा कर्मचारी फाइललाई नोट र नोटसिटविना अगाडि बढाउँदैन । तर कार्यालयको गतिको अर्थ हुन्छ समाजको दुर्गति र देशको अधोगति । किनकि सरकारी हाकिमहरूले कलम धसाइरहँदा बिचरा सेवाग्राही भने जुत्ता घिसाइरहेका हुन्छन् र आफ्नै ज्यान सुकाइरहेका हुन्छन् । कैलेकाहीँ सोच्छु कि यदि सरकारी कार्यालयहरूको नाम विश्रामालय, मनोरञ्जनालय, भोजनालय, सुस्तालय, प्रेमालय र अझ कमालय राखे कसो होला ? किनकि प्रायः कार्यालयमा कार्य अर्थात् कामलाई छाडेर बाँकी सबै कुरा हुन्छ । तर कर्मचारीतन्त्र अलि वैज्ञानिक पाराको छ है ! न्युटनका अकाट्य सिद्धान्तहरूलाई कर्मचारीतन्त्रले हुबहु लागू गरेको छ । न्युटनले गतिको जुन सिद्धान्त खोजेका थिए, त्यो नेपाली कार्यालयहरूका फाइलको गति देखेरै सोचेको हुनुपर्छ । न्युटनको पहिलो सिद्धान्त थियो कि कुनै वस्तु स्थिर रहन्छ या चलिरहन्छ, जबसम्म त्यसमा बाहिरी दबाब पर्दैन । नेपाली कार्यालयका फाइलमा पनि जबसम्म बाहिरको कुनै आकर्षण या दबाब पर्दैन, त्यसले गति लिन शुरू नै गर्दैन । कोही माथि तान्ने छ भने त फाइल माथि पनि उठ्छ । खासमा न्युटनले प्रतिवादन गरेको नियम चैं आकर्षणको हो, जसलाई गुरुहरूले गुरुत्वाकर्षण भने । यो नियम नेपाली सरकारी कार्यालयमा निकै प्रयोग हुन्छ । न्युटनको दोस्रो सिद्धान्त नि हुबहु लागू गरेका छन् सरकारी कर्मचारीहरूले । त्यसैले सेवाग्राहीको काम हुन कति बल चाहिन्छ भन्ने कुरा फाइलको तौल र फाइल कुद्ने गतिले निर्धारण गर्दछ । अर्थात् हलुका फाइलका लागि हलुका नोट, गह्रुँगा फाइलका लागि गह्रुँगा नोट । न्युटनको सिद्धान्तलाई फेल त गराउन त भएन नि ! न्युटनको अर्को सिद्धान्त पनि छ । प्रत्येक क्रियाको प्रतिक्रिया पनि हुन्छ । यो सिद्धान्त पनि नेपाली कार्यालयका फाइलहरू अन्वेषण गरेरै निकालिएको हुनुपर्छ । जसै कर्मचारीले फाइल अघि बढाउन उठाउँछन्, तिनको आँखीभौ तन्किहाल्छ । त्यसबेला पक्कै पनि कुनै प्रकारको ज्याक लागेको हुन्छ । नत्र विनासित्तीमा फाइल किन उठाइरहन्थे ? पहिले आफ्नो रुमालले सट्ट फाइलको धुलो पुस्छन्, अनि त्यसमा केही लेख्छन् । पक्कै खल्तीमा केही भित्र छिरेकोे छ । नत्र रुमालले फाइल पुस्ने झन्झट किन भइरहन्थ्यो र ? खल्तीको आयतन त उत्ति नै हो । पक्कै खल्तीमा (वा बैंकमा) केही गएको छ, नत्र रुमाल बाहिर आउँदैनथ्यो । महीनौंदेखि धुलो खाइरहेको फाइल यति माया गरेर हाकिमले काखमा राख्दैनथे । यति प्रेमपूर्ण नजरले त उनले आफ्नी प्रेयसीलाई पनि हेर्दैैनन् होला ! फाइलहरू अघि नबढ्नुमा पनि कुनै संवेदनशील कारण हुन्छ । लामो समय आफ्नो अगाडि भएपछि हाकिमको विभिन्न रंगढंगका फाइलहरूसँग सम्बन्ध स्थापित भइसकेको हुन्छ । एक किसिमको आशक्ति बढिसकेको हुन्छ । यी फाइहरूलाई बिदा गर्नुपर्दा भने मुटुमाथि ढुंगा राखेजस्तो हुन्छ हाकिमलाई । महŒवपूर्ण फाइलहरू आँखाबाट ओझेल पर्नु भनेको हाकिमका लागि वज्रपात परेसरह हुन्छ । यति मूल्यवान् फाइल आफ्नो हातबाट फुत्किनासाथ हाकिम भावुक बन्छन्, छोरीको बिहे गरिदिएर बिदाइ गर्दाजस्तै ! कैलेकाहीँ सोच्छु कि यदि सरकारी कार्यालयहरूको नाम विश्रामालय, मनोरञ्जनालय, भोजनालय, सुस्तालय, प्रेमालय र अझ कमालय राखे कसो होला ? किनकि प्रायः कार्यालयमा कार्य अर्थात् कामलाई छाडेर बाँकी सबै कुरा हुन्छ । कार्यालयमा कर्मचारी नेताहरूको संख्या पनि दिनप्रतिदिन बढ्दो छ । नेता उत्पादन गर्ने कारखाना बनेको छ अचेल कार्यालय । र, जो एकपटक नेता बन्यो, ऊ पूरै सेवा अवधिभर सिंहदरबारमा सिंह बनेर जिउन अभ्यस्त हुन थाल्छ । कर्मचारीका समस्या आफ्ना ठाउँमा रहन्छन्, तर कर्मचारीका नेता भने ठाउँमा पुगिहाल्छन् । अफिस ढिलो आउने, शेयर खेल्ने, आफ्नो सिटमा नबसेर यता र उता गुड्डी हाँक्न जाने, घर चाँडै फर्कने उनीहरूका नयाँ शोख बन्छन् । कुनै हाकिमको पनि कर्मचारीका नेताजीहरूलाई कुनै काम गर भन्ने हिम्मत हुँदैन । पद सानो भए पनि उनीहरू हाकिमका पनि हाकिम हुन्छन् । जब कुनै हाकिमले कसैलाई कामका विषयमा हप्काउँछन्, त्यो कुरा तुरुन्त कार्यालयभरि फैलिहाल्छ । तर यो दृश्य दुर्लभ नै हुने गरेको छ । यदि वर्षमा एकपटक मात्र हाकिमले अलि सोधखोज गर्ने हो भने पनि कार्यालय साँच्चै कार्यालय जस्तो हुन्थ्यो । हाकिमले आफ्नो कार्यकालमा एउटा मात्रै पनि राम्रो निर्णय लिन सके उनी एकदम सफल, निष्ठावान्, दक्ष र प्रतिष्ठित मानिन सक्थे । तर काम गर्दा दाग लाग्छ कि भन्ने डर हुन्छ हाकिमलाई । किनकि कतिखेर कुन नेता वा मन्त्रीको फुटबल बनेर काहाँ हुत्तिनुपर्र्ने हो, थाहै हुँदैन । फेरि, काम गर्न खोज्नेहरू यहाँ प्रायः अपमानित भएका छन्, सरुवा भएका छन्, निलम्बित भएका छन् र भयकै कारणले कत्तिले जागीर र संसारै पनि छाडेका छन् । त्यसैले काम गर्नुभन्दा उनीहरू आफ्नो जागीर बचाऊ अभियानमा लागेका हुन्छन् । यसरी जेठो मामाको त त्यो ताल छ, कान्छो मामाको के हाल होला भनेजस्तै राजनीतिक मौसम फेरिएसँगै फेरिरहने अस्थायी सरकारको काम गर्ने ताल त्यस्तो छ भने स्थायी सरकार भनिने कर्मचारीतन्त्र मात्र कसरीे सक्षम हुन्थ्यो र ? त्यसैले त सबै क्षेत्रमा अस्तव्यस्त छ । यस्तो कुनै क्षेत्र छैन, जहाँ काम हुन्छ । शहरमा फोहोर थुप्रिएका छन् । भलै यी फोहोर त ढिलोचाँडो फ्याँकिन्छन् नै । तर सबैभन्दा बढी फोहोर स्थानीय, प्रदेश र अझ राजधानीकै सिंहदरबारभित्र छ । यसरी राज्यसत्तामा बसेको फोहोर कैले, कसले र कसरी फ्याँकिने होलान् हँ ?

हाकिम कुर्दैमा हैरान हुन्छन् सेवाग्राही

मंगलबार अपरान्ह १२ बजिसकेको थियो । तर कार्यालय प्रमुखको कार्यकक्षमा ताला खोलिएको थिएन । सेवाग्राही हाकिम आउने बाटो कुरेर बसेका थिए ।

मालपोत कार्यालयमा खुलेआम घुस लेनदेन, हाकिम भन्छन, 'कर्मचारी अभावले समस्या भयो'

शुभनारायण यादव/उज्यालो । सप्तरी, वैशाख १७ – सप्तरीको राजविराजस्थित मालपोत कार्यालयमा खुलेआम घुस लेनदेन सामान्यजस्तै भएको छ । सेवाग्राही...

मिटिङको अखडा बन्दै सरकारी कार्यालय, हैरानी व्यहोर्न बाध्य छन् सेवाग्राही

काठमाडौं ।  केन्द्रीय प्रशासनिक भवन सिंहदरबारका मन्त्रालयदेखि अधिकांश सरकारी कार्यालयका हाकिम लगातार मिटिङमा व्यस्त हुँदा सेवाग्राही हैरानीमा परेका छन्। उनीहरूले मन्त्रालयलाई ‘मिटिङको अखडा र...

मिटिङको अखडा बन्दै सरकारी कार्यालय

केन्द्रीय प्रशासनिक भवन सिंहदरबारका मन्त्रालयदेखि अधिकांश सरकारी कार्यालयका हाकिम लगातार मिटिङमा व्यस्त हुँदा सेवाग्राही हैरानीमा परेका छन्। उनीहरूले मन्त्रालयलाई ‘मिटिङको अखडाु र हाकिमलाई ‘कामचोर’ को संज्ञा दिन थालेका छन्।आजको अन्नपुर्णमा खबर छापिएको छ । नीति निर्माण तहमा पहुँच राख्ने सरकारका सचिव/सहसचिव लगातार कोठे मिटिङमा व्यस्त हुँदा राज्यले ठोस नीतिगत प्रस्ताव योजना ल्याउन सकेको छैन। कर्मचारीको…