धनगढी–डडेलधुरा राजमार्ग चार दिनदेखि अवरुद्ध, यात्रुलाई सास्ती

सुदूरपश्चिम– धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गको बूढीतोला सडकखण्डमा सोमबार राति पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सुचारु हुन नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ । डोटीबाट काम विशेषले धनगढीतर्फ आउँदै गर्नुभएका मीनराज जोशी गएको पहिराका कारण तीन दिनदेखि बीच बाटोमै रोकिएका छन् । “अवरुद्ध बनेको बाटो खुल्ला र धनगढी पुगेर आफ्नो काम गरौँला भनेर बाटोमै पर्खी बसेका […]

सम्बन्धित सामग्री

अवरुद्ध तीन राजमार्ग खुले

बैतडी : वर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएका बैतडीका तीन राजमार्ग खुलेका छन्। बिहान सडक माथिबाट खसेको पहिराले महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध बनेका थिए।महाकाली राजमार्गको धरमघर, मानाकोट, दशरथचन्द राजमार्गको गोठालापानी नजिक र जयपृथ्वी राजमार्गको ढोल्यामोड नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएका हुन्।सबै ठाउँको पहिरो जेसिबीले पन्छाएपछि दिउँसोबाट राजमार्गमा  आवागमन भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।राजमार्ग खुलेसँग

पहिरोका कारण सुदूरपश्चिमका मुख्य राजमार्ग बन्द

काठमाण्डाै - पहिरोका कारण सुदूरपश्चिमका मुख्य राजमार्ग बन्द भएका छन् । डडेलधुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग बन्द भएकाे जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो गएको छ । लगातारको वर्षाका कारण सुदूर पहाडका राजमार्ग तथा ग्रामीण सडकहरु बन्द भएका छन् । यस्तै, पहिरो जाँदा महाकाली राजमार्ग पनि बन्द भएको छ । आज बिहान खसेको पहिराेले राजमार्गअन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक बन्द भएको हो । सडक खुलाउन उपकरण पठाइएको जिल्ला प्रहरी कार्य...

महाकाली राजमार्ग खुल्यो

अविरल वर्षाका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग आज पुनःसञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत बैतडीको धर्मघर, तारल, खिरेगाउँ, ढिकगाड, चमतडीलगायत स्थानमा सोमबार पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो । पहिरो पन्छाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए ।   राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका यात्रु खुलेसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।  यसका साथै गृहजिल्ला दार्चुला जान लागेका कानून, न्याय तथा संसदीयय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुसमेत बाटो खुलेस...

गैँडाकोटस्थित राजमार्ग दुईतर्फी सञ्चालन

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फीरुपमा सञ्चालनमा आएको हो । पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा बनाइएको डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग पूर्णरुपमा सञ्चालनका लागि निरन्तर प्रयास गरिए पनि हिलोका कारण समस्या हुँदै आएको थियो । पानी पर्ने क्रम रोकिएसँगै नयाँ बनाइएको डाइभर्सनबाट यातायात दुईतर्फी सञ्चाल

अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

बैतडी : लगातारको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ।राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा शुक्रबार बिहान ६ बजेदेखि अवरुद्ध भएको थियो।डोजरको सहायताले पहिरो पन्छाएपछि दिउँसोदेखि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट तराईलगायत बिभिन्न स्थानका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका थिए।राजमार्ग सञ्चालनमा आएसँगै सवारीसाधन र

जयपृथ्वी राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा सवारी आवतजावत अवरुद्ध भएको हो ।  सडक भासिएर भत्किएकाले बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । आइतबार बेलुकादेखि आंशिक रुपमा बन्द रहेको राजमार्ग आज बिहानदेखि पूर्ण रुपमा बन्द रहेको छ । भाँसिएको सडक भत्काएर किनारबाट पर्खाल लगाउने कार्य भइरहेको प्रवक्ता ओझाले जानकारी दिए । उनले भने,“पर्

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान उक्त राजमार्गको गैरा नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सडक माथिबाट ठूलठूला ढुङ्गा र रुखसँगै आएको पहिरोका कारण राजमार्ग बन्द भएको हो ।अवरुद्ध राजमार्ग पुनः सञ्चालनका लागि सडक डिभिजन कार्यालयको डोजर पठाइए पनि पहिरोले ठूला ढुङ्गा र रुख ल्याएका कारण पन्छाउन समस्या भइरहेको प्रहरीचौकी गैराले जनाएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्लाबा

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । पहिरोका कारण जयपृथ्वी राजमार्ग गएरातीदेखि अवरुद्ध भएको छ । बैतडीको खोड्पे– बझाङ सडक खण्ड अन्तर्गत बैतडीको ढोल्यामोडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । वर्षाका कारण बिहीबार राती १० बजे खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । राजमार्ग अवरुद्ध हुँदा बझाङ तर्फ जाने गाडी र बझाङबाट […]

मुख्य राजमार्ग खुला, पहिरोले सहायक राजमार्ग अवरुद्ध

वर्षाका कारण पहिरो आउँदा तनहुँ जिल्लाका अधिकांश सहायक राजमार्ग अवरुद्ध भएका छन् । मुख्य राजमार्गको पहिरो हटाइए पनि सहायक राजमार्ग खुलाउन सकिएको छैन । सहायक राजमार्ग खुलाउने क्रम जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी बरालले बताए । उनका अनुसार प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही जाने मार्ग पनि भासिएको छ । मार्गको प्राविधिकसहित अनुगमनको तयारी गरिएको छ । शुक्लागण्डकी नगरपालिकाकै दुलेगौडा लामागाउँ मोटरमार्ग पनि भासिएको छ । जिल्लाका अधिकांश ग्रामीण भेगका सडक पहिरोले अवरुद्ध भएको छ ।

तीन दिनदेखि अवरुद्ध दुई राजमार्ग अझै खुलेन

पहिरोले तीन दिनदेखि अवरुद्ध महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग अझै खुल्न सकेका छैनन् । मंगलबार मध्यान्हदेखि महेन्द्र राजमार्गको रुपन्देहीको देवदह चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएर राजमार्ग अवरुद्ध  भएको सडक अझै खुल्न सकेको छैन । राजमार्ग अवरुद्ध हुँदा पूर्व पश्चिम चल्ने सवारी साधनहरु रोकिएका छन् । भने, केहीले वैकल्पिक सडक प्रयोग गरेका छन् । अविरल वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अझै सुरु हुन सकेको छैन् । पहिरोले सिद्धार्थ राजमार