बैतडी : लगातारको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ।राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा शुक्रबार बिहान ६ बजेदेखि अवरुद्ध भएको थियो।डोजरको सहायताले पहिरो पन्छाएपछि दिउँसोदेखि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट तराईलगायत बिभिन्न स्थानका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका थिए।राजमार्ग सञ्चालनमा आएसँगै सवारीसाधन र