काँग्रेस पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथि केन्द्रीय कार्यसमितिले गरेको कारवाही फिर्ताको माग भएको छ । नेपाली काँग्रेस भानु नगर कार्यसमितिले जोशीमाथिको कारवाही फिर्ताको माग गरेको हो ।तनहुँको भानु नगरसमितिका सभापति रामकुमार श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले कारबाही फिर्ता गर्न माग गरेको हो । बैठकले जोशीसहितका कार्यकर्ता असन्तुष्टि भई पार्टीभन्दा बाहिर बस्दा पार्टीलाई क्षति भइरहेकाले कारबाही फिर्ताका लागि प्रदेश, क्षेत्र र जिल्ला कार्यसमितिलाई सिफारिस गर्ने निर्णय गरेको