मौद्रिक नीतिपछि शेयर लगानीकर्ता उत्साहित, ६१ अंकले बढ्यो नेप्से सूचक

आइतबार शेयरबजार परिसूचक नेप्से ३ प्रतिशतभन्दा धेरैले बढेको छ । आज नेप्से सूचक ६१.०५ अंक अर्थात् ३.०३ प्रतिशतले बढेर २०७८.५१ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २१९ कम्पनीका ६४ लाख २३ हजार १ सय ४६ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ७३ करोड ९ लाख २७ हजार २ सय ९७ रुपैयाँको कारोबार भएको छ। जस मध्ये शिवम सिमेन्टको सबैभन्दा धेरै ३९ करोड ७१ लाख, नेपाल पुनर्बिमा कम्पनीको ६ करोड ८२ लाख, हिमालयन डिस्टिलरीको ६ करोड ५९ लाख, एनआईसी एसिया बैंकले ६ करोड २१ लाख बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह ७.२२ प्रतिशतले बढेको छ भने अन्य समुह ६.९३ प्रतिशतले बढेको छ । त्यस्तै ट्रेडिङ समुह ४.४४ प्रतिशतले बढेको छ भने हाइड्रो समुह ३.६८ प्रतिशतले बढेको छ ।आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टीपर्पोज फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउनेमा ऋणपत्र र सामुहिक लगानी कोषका इकाईहरु रहेका छन् । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले लगानीकर्ताहरुले उठाई रहेका ब्यबस्था परिमार्जन गरेपछि लगानीकर्ता उत्साहित भएका हुन् । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत कायम गरेको छ। त्यस्तै शेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु १२ करोड कायम गरिने उल्लेख छ । ४/१२ भनेर परिचित यस नीतिमा ४ खारेज भएर १२ को सीमा कायम रहेको हो।   शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने मौद्रिक नीतिमा उल्लेख छ।  

सम्बन्धित सामग्री

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं- बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ। यस सेसनमा नेप्से सूचक ०.३२ विन्दुले बढेको हो। यससँगै सूचक २१६३.३८ अंकमा आएको छ। यस अवधिमा २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३६ कम्पनीको ४२ हजार ३ सय ६३ कित्ता सेयर कारोबार भएको छ। हालसम्ममा कुल १८ सय ८३ वटा कारोबार […]

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं- साताको चौंथो कारोबार दिन बुधबार प्रि-ओपन सेसनमा नेप्से सूचक १.८१ विन्दुले बढेको छ । यससँगै नेप्से सूचक २०८९.८८ अंकमा आएको छ । यस सेसनमा ३४ लाख ३७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ६२ कम्पनीको १२ हजार ३८ कित्ता सेयर कारोबार भएको छ । जसमा ३० कम्पनीको भाउ बढ्दा १६ वटाको […]

प्रि-ओपन सेसन: १३.२८ अंकले बढ्यो नेप्से

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक १३.२८ विन्दुले घटेको छ। यससँगै नेप्से सूचक १८६६.०६ अंकमा आएको छ। यस सेसनमा ५५ लाख ६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ८३ कम्पनीको १९ सय ५३९ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १ सय ६१ वटा कारोबार भएको हो। ६६ कम्पनीको भाउ बढ्दा १२ वटाको […]

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ – साताको पाँचौँ कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ। आज नेप्से सूचक ०.९९ विन्दुले बढेको हो। यससँगै सूचक १८५०.७९ विन्दुमा आएको छ। यस अवधिमा २ लाख ८७ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १० कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री भएको छ। यस्तै, यस सेसनमा कुल १३ वटा कारोबार भएको […]

सातामा ५ प्रतिशतले बढ्यो नेप्से सूचक, कारोबार रकम दोब्बरले वृद्धि

अघिल्लो साता नेप्से सूचक ५ प्रतिशतले वृद्धि भएको छ । आइतबारदेखि बिहीबारसम्म पाँच दिन भएको कारोबारमा नेप्से परिसूचक एक सय ११ दशमलव ८० अंक अर्थात् चार दशमलव ९९ प्रतिशतले बढेर दुई...

प्रि–ओपन सेसनः २.०६ अंकले बढ्यो नेप्से

काठमाडौँ – आज साताको दोस्रो कारोबार दिन सोमाबार प्रि–ओपन सेसनमा नेप्से सूचक २.०६ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से सूचक २३५८.२४ विन्दुमा आइपुगेको छ भने २ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस्तै, ११ कम्पनीको ७६० कित्ता सेयर खरिद बिक्री भएको छ। यस सेसनमा कुल १६ वटा कारोबार भएको छ।

प्रि ओपनमा बढ्यो नेप्से

काठमाडौं, १० फागुन । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से सूचक १.३७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २७१९.८८ विन्दुमा आइपुगेको छ । १७ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । ७ लाख ८९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार […]

प्रि ओपनमा कति अंकले बढ्यो नेप्से सूचक ?

काठमाडौं, २३ माघ । प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन आज नेप्से परिसुचक प्रि ओपनीङमा ०.३० अंकले बढेको हो । यससँगै सूचक २८७७.०४ विन्दुमा आएको छ । १ करोड ९७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २९ कम्पनीको २९ हजार ९२५ कित्ता सेयर कारोबार भएको […]

झिनो अंकले बढ्यो नेप्से

बुधबार नेप्से सूचक पाँच दशमलव ५१ अंकले बढेर दुई हजार पाँच सय २४ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर नेप्से सूचक तलमाथि गर्ने क्रम जारी रहँदा छोटो समयमा लगानीकर्ताहरू नाफा बुक...