काठमाडौं । पछिल्लो केही समययता शेयर बजार निरन्तर घट्दो ट्रेण्डमा छ । यो बेला अधिकांश वाणिज्य बैंकको शेयर मूल्य नेटवर्थको हाराहारीमा छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १९ ओटा वाणिज्य बैंकमध्ये १३ ओटाको शेयर मूल्य नेटवर्थकै हाराहारीमा छ । यीमध्ये १० ओटाको शेयर मूल्य नेटवर्थभन्दा करीब ४ रुपैयाँदेखि ४२ रुपैयाँसम्म बढी छ भने ३ ओटाको शेयर मूल्य भने नेटवर्थभन्दा ५ रुपैयाँदेखि २९ रुपैयाँसम्म कम छ ।
शेयर मूल्य नेटवर्थको हाराहारी हुनु लगानीकर्ताका लागि अवसर रहेको जानकार बताउँछन् । लामो समय होल्ड गर्ने लगानीकर्ताले यस्ता कम्पनीमा लगानी गरेर नाफा आर्जन गर्न सक्ने देखिन्छ । तर, लगानी गर्दा कम्पनीको समग्र पक्षलाई ध्यान दिन आवश्यक रहेको उनीहरू सुझाउँछन् ।
बाँकी ६ ओटा बैंकमध्ये दुई ओटाको शेयर मूल्य नेटवर्थभन्दा १०० रुपैयाँभन्दा बढी र चार ओटाको शेयर मूल्य नेटवर्थभन्दा दोब्बर छ ।
वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार अहिले वाणिज्य बैंकको नेटवर्थ न्यूनतम रू. १३६ दशमलव ८२ अधिकतम रू. २०५ दशमलव ५८ देखिएको छ । सबैभन्दा कम नेटवर्थ कुमारी बैंकको रू. १३६ दशमलव ८२ रहेको छ । यस बैंकको शेयर मूल्य बिहीवार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता रू. १४० दशमलव ६ मा कायम भएको छ । जुन नेटवर्थको २ दशमलव ७६ प्रतिशत मात्रै बढी हो ।
सबैभन्दा कम नेटवर्थ भएको वाणिज्य बैंकको सूचीमा दोस्रोमा प्रभु बैंक छ । बैंकको प्रतिशेयर नेटवर्थ रू. १३५ दशमलव ०२ रहेको छ । यस बैंकको शेयर मूल्य बिहीवार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता रू. १४३ रहेको छ ।
सबैभन्दा बढी नेटवर्थ भएको बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकको नेटवर्थ रू.२०५ दशमलव ५८ रहेको छ । यस बैंकको शेयर मूल्य बिहीवार दोस्रो बजारमा प्रतिकित्ता रू. ५२० छ ।
नेप्सेमा सूचीकृत कम्पनीमध्ये धेरै चुक्ता पूँजी भएका कम्पनी यही समूहमा पर्दछन् । अत्यधिक चुक्ता पूँजीका कारण बैंकको शेयर आपूर्ति बढी रहेका कारण अहिले नेटवर्थकै हाराहारीमा कारोबार हुन थालेको जानकार बताउँछन् ।
कम्पनी बन्द हुँदा शेयरधनीले पाउने प्रतिशेयर मूल्यलाई प्रतिशेयर नेटवर्थ चिनिन्छ । नेप्सेमा कम्पनी सूचीकरण भएपछि पहिलो कारोबारका लागि नेप्सेले मूल्य तोक्ने गरेको छ । नेप्सेले कम्पनीको नेटवर्थको १ देखि ३ गुणासम्म उक्त मूल्य तोक्ने गरेको छ ।
बैंकको शेयर मूल्य र प्रतिशेयर नेटवर्थ
स्रोत : नेप्से र दोस्रो त्रैमासिक वित्तीय विवरण ।
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३७ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंककी अध्यक्ष जरिन दारुवालाको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
सभापछि जारी गरिएको विज्ञप्तिअनुसार बैंकले आर्थिक वर्ष २०२२÷२३ का लागि ४.९७ बिलियन सञ्चालन नाफा गरेको छ । बैंकको आम्दानी ४७ प्रतिशतले बढेर ७ अर्ब ८ करोड रुपैयाँ र करपछिको नाफा ५३.६ प्रतिशतले बढेर ३ अर्ब ५० करोड पुगेको छ ।
साधारण सभाले चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश शेयरधनीलाई दिने प्रस्ताव पारित गरेको छ । यो लाभांश ५ वर्षयताकै उच्च हो भने गत वर्षको तुलनामा २.५५ प्रतिशत बढी हो ।
बैंकका अध्यक्ष दारुवालाले जोखिम व्यवस्थापनको बलियो आधारशिलामा बैंकको फोकस र पूँजीलाई अप्टिमाइज गर्ने रणनीतिले देशमा बैंकको सञ्चालनको इतिहासमा सबैभन्दा उच्च वित्तीय प्रतिफल दिन सफल भएको बताइन् । ‘हामी वित्तीय कार्यसम्पादन सुधार जारी राख्नेछौं, किनकि राम्रो सेयरहोल्डर रिटर्नको लागि रणनीति कार्यान्वयन गर्नु हाम्रो प्राथमिक फोकस हुनेछ,’ उनले भनिन् ।
बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत शेयर रहेको विज्ञप्तिमा उल्लेख छ ।
असोज २७, काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट हाल ९ ओटा वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् । माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकले हालसम्म लाभांश सार्वजनिक गरेका हुन् ।
हालसम्म सार्वजनिक ९ ओटा वाणिज्य बैंकहरुको प्रस्तावित लाभांशलाई हेर्दा हिमालयन बैंकले सर्वाधिक २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले यस वर्ष २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ४ दशमलव ६२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यस वर्ष बैंकले विगत तीन वर्षपछिकै उच्च लाभांश वितरण गर्न लागेको हो ।
गत वर्ष १४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १२ प्रतिशत नगद लाभांश गरी कुल २२ प्रतिशत लाभांश वितरण गरेको थियो । विगत पाँच वर्षको लाभांश इतिहासलाई हेर्दा बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सबैभन्दा कम कुल १५ दशमलव ७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
उक्त वर्षको मुनाफाबाट बैंकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट भने बैंकले यस वर्षको भन्दा पनि बढी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस वर्षको मुनाफाबाट बैंकले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण अनुसार बैंकको चुक्तापूँजी रू. १० अर्ब ६८ करोड ४४ लाख रहेको छ । उक्त अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. २ अर्ब १६ करोड ९८ लाख ८४ हजार रहेको छ ।
स्रोतः बैंकद्वारा जारी सूचना
३० साउन, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षमा राम्रो प्रगति गरेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा खुद नाफामात्रै २ अर्ब ७ करोड रुपैयाँ खुँद मुनाफा कमाएको छ ।
यो नाफा अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले बढी हो । बैंकले अघिल्लो अघिल्लो वर्ष १ अर्ब ४२ करोड …