हिउँदे अधिवेशन नयाँ संसद भवनबाटै सुरु गर्नेगरी निर्माण कार्य अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्नेगरी नयाँ संसद भवन निर्माण कार्य अघि बढाउन निर्देशन दिनुभएको छ । सोमबार निर्माणाधिन संसद भवनको अवलोकन गर्दै प्रधानमन्त्री दाहालले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद भवनबाट नै गर्नेगरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको हो । सिंहदरबारस्थित संघीय संसद भवनको निर्माण कार्यलाई युद्धस्तरमा अगाडि बढाउनसने […]

सम्बन्धित सामग्री

संसदको हिउँदे अधिवेशन शून्य र विशेष समयमै सीमित

सरकारले संसदलाई बिजनेस नदिँदा यस पटकको हिउँदे अधिवेशन शून्य र विशेष समयमा नै सकिने भएको छ । सरकारले बिजनेस नदिँदा संसदले राम्रोसँग काम गर्न नसकेको गुनासो सांसदहरुले गरिरहेका छन् । वर्तमान संसद प्राविधिक कुराहरुमा अल्झिँदा संसदीय अन्य गतिविधिहरु हुन सकेका छैनन् । संसद सचिवालका प्रवक्ता एकराम गिरीले अघिल्लो प्रतिनिधि सभापछि निष्क्रिय भएका विधेयकहरुलाई पुन: दर्ता […]

गण्डकी प्रदेशको हिउँदे अधिवेशन अन्त्य

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य हुने भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार मध्यराति १२ बजेदेखि लागु हुने गरि अधिवेशन अन्त्यको आह्वान गरेको हो ।सभामुख नेत्रनाथ अधिकारीले शुक्रबारको संसद बैठकमा अधिवेशन अन्त्यको सूचना पढेर सुनाएका हुन् । यो  विधेयक अधिवेशन गत २७ फागुनमा सुरु भएको थियो । हिउँदे अधिवेशनमा ८ वटा बैठक बसेको थियो ।

संसद बैठक बस्दै,के गर्ला एमालेले ?

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । अघिल्लो अधिवेशनमा पूरै समय प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद चल्न दिएको थिएन । यो अधिवेशनमा के गर्ला एमालेले भन्ने सबैको चासो छ । संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिएको छ । यो अधिवेशन कसरी अघि बढ्ला भन्ने […]

कसरी चल्ला संसदको हिउँदे अधिवेशन ?

२८ मंसिर, काठमाडौं । आज (मंगलबार)बाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । विधेयक अधिवेशनका रुपमा समेत लिइने यो अधिवेशन कसरी जाला ? यकिन दृष्य देखापरेको छैन । किनभने संसद सौहार्द हुनेमा आशंका छ । संसद सचिवालयका अनुसार संसद सञ्चालनकै विषयमा छलफल गर्न मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्यव्यवस्था परामर्श […]

संसद भवनमा सभामुख र सांसदहरुको एन्टिजेन परीक्षण सुरु

काठमाडौँ । आज संसद भवनमा सभामुखसहित सांसद र कर्मचारीहरुको एन्टिजेन परीक्षण सुरु गरिएको छ । मंगलबार संसदको हिउँदे अधिवेशन आह्वान भएकाले त्यसअघि संघीय संसद भवनको स्काई हलमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । संघीय संसदका पदाधिकारीहरु, दुवै सदनका सदस्यहरु, महासचिव लगायत सबै कर्मचारी, संसदीय मामिला आवद्ध सञ्चारकर्मीहरु, मर्यादापालक, सुरक्षाकर्मीहरुकोसमेत एन्टिजेन परीक्षण गर्ने कार्यक्रम छ । […]

हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । वर्षे अधिवेशन बोलाउने बेला भएकाले हिउँदे अधिवेशन अन्त्य गर्नुपरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।सरकारको हिउँदे हिउँदे अधिवेशन फागुन २३ देखि सुरु भएको थियो । हिउँदे अधिवेशन चलेपनि संसद प्रभावकारी हुन नसकेको टिकाटिप्पणी हुँदै आएको थियो ।

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । हिउँदे अधिवेशन २३ फागुनबाट बसेको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । The post संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि आजैबाट अधिवेशन अन्त्यको घोषणा गरिएको हो । आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै मध्यरातिदेखि अन्त्य भएको अध्यक्ष गणेश तिमिल्सिनाले बताउनुभयो । प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेपछि अधिवेशनको अन्त्य गरिएको हो । पुस १७ गते राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु गरिएको थियो । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेपछि स्थायी संसदको रुपमा लिइने उपल्लो सदन राष्ट्रिय सभामा समसामयिक विषयमा बहस छलफल सुरु भएको थियो। राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको पनि चर्को विरोध सुरु भएको थियो । संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्न अधिकार दिएको छः ओली प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको दाबी गर्नुभएको छ । आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन संविधान सम्मत भएको दावी गर्नुभयो । उहाँले आफू नेतृत्वको सरकार संविधानको धारा ७६ को १ अनुसार भनेको भन्दै अन्य विकल्प नरहेको बताउनुभयो । ‘संविधानको धारा ७६ को १ अनुसारको यो सरकार हो २, ३, ४, ५ विकल्पमा आएन, सिद्धियो’, ओलीले भन्नुभयो, ‘अब ७ ले सरकार रहने अवस्था नरहँदा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि मिति घोषणा गर्नेछ। त्यसअनुसार नै भएको छ, संविधानसम्मत कसरी भएन ?’ उहाँले अस्थिरतका लागि प्रतिनिधि सभा पुनःस्थापना नहुने बताए। ‘प्रतिनिधि सभा पुनःस्थापना कसरी हुन्छरु केका लागि हुन्छ। कुन विकल्पका लागि हुन्छरु के देशमा अस्थिरता ल्याउनका लागिरु ६र६ महिनामा सरकार परिवर्तन गर्नका लागि ?’, उहाँले भन्नुभयो । संसद पुनःस्थापना हुन्छ भन्ने कुरा हल्लामात्रै भएको भन्दै प्रधानमन्त्रीले केही व्यक्तिले संविधानमा प्रतिनिधि सभा विघटन हुन नसक्ने बताएको भन्दै संविधानको धारा ८५ अनुसार विघटन गर्न मिल्ने बताउनुभयो ।