चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी हिउँदे अधिवेशन अन्त्य गरेको प्रति विरोध गरेको छ । सो पार्टीका प्रवक्ता राम प्रकाश पुरीले मंगलबार जारी गरेको विज्ञप्तिमा संसद पुनस्र्थापना भए पनि ओली पुनस्र्थापित संसदको विरुद्ध रहँदै आएको आरोप लगाइएको छ । यस्तै संसद भंग गर्ने शर्तमा ओली अन्य शक्तिहरूको जुनसुकै शर्त मान्ने स्तरसम्म झरेको आरोप पनि जनमोर्चाले लगाएको छ । ‘संसदको पुनस्र्थापना भए पनि ओली पुनस्र्थापित संसदका समेत विरुद्ध रहँदै आएक