हत्या कसुरमा सजाय भुक्तान गरिरहेका रेशम चौधरी र लक्ष्मण थारू तथा भ्रष्टाचार आरोप खेपिरहेका विजयकुमार गच्छदार, टेकबहादुर गुरुङ, विक्रम पाण्डेले गरे मनोनयन दर्ता
प्रतिनिधिसभा ऐन, २०७४ मा विभिन्न १० वटा अवस्थामा...
धनगढी। कञ्चनपुरबाट प्रतिनिधि र प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका २ जनाविरुद्द भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशसभा सदस्यका उम्मेदवार पल्टु राना र प्रतिनिधिसभा सदस्यका उम्मेदवार मदन दमाईविरुद्ध मुद्दा दर्ता गरेको हो। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला काण्डमा मुछिएका तत्कालीन अध्यक्ष पल्टु राना र विचौलिया […]
प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनमा अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिरहेका, भ्रष्टाचार आरोपित र फरार व्यक्ति पनि उम्मेदवार बनेका छन् । सत्ता र अन्य दलका तर्फबाट उनीहरूले उम्मेदवारी दर्ता गरेका छन् । कानुन निर्माण गर्ने थलोमा पुग्न अपराधमा मुछिएका व्यक्तिलाई नै दलहरूले उम्मेदवार बनाउँदा दण्डहीनताले थप प्रश्रय पाएको छ । यसरी उम्मेदवारी दिएका व्यक्ति निर्वाचित भए स्वतः निलम्बनमा पर्छन् ।