कञ्चनपुरमा एक जना प्रतिनिधि सभा सदस्य र एक जना प्रदेश सभा सदस्य उम्मेदवारसहित ३७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका पल्टु राना र प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार मदन दमाईसहित ३७ जना विरुद्ध मुद्दा दर्ता गरेको हो । आयोग केन्द्रीय कार्यालयले महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला काण्डमा मुछिएका तत्कालीन अध्यक्ष पल्टु राना र बिचौलिया मदन दमाईविरुद्ध भ्रष्टाचार मुद