विज्ञ समूहले बुझायो सरकारलाई प्रतिवेदन, निजगढमै विमानस्थल बनाउन उपयुक्त

काठमाडौँ – पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको छ। सर्वोच्च अदालतको आदेशअनुसार तयार पारिएको प्रतिवेदन विज्ञ समूहले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको हो। नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, अख्तियारले बुझायो वार्षिक प्रतिवेदन, आममाफीको विषयमा रास्वपाद्वारा राष्ट्रपति पौडेलको ध्यानाकर्षण, सुशासनले युवालाई देशमा बस्ने वातावरण बनाउँछ : गृहमन्त्री, सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन, नागरिक उन्मुक्तिको केन्द्रीय महाधिवेशन पुसमा, संसदीय समितिले शिक्षा विधेयकबारे विज्ञ र सरोकारवालासँग राय लिनेलगायतका समाचाारले प्रमुख स्थान पाए । सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार […]

धितोपत्रमा एनआरएन भित्र्याउने तयारी: अध्ययन समितिले बुझायो प्रतिवेदन

काठमाडौं। धितोपत्र बजारमा गैरआवासीय नेपाल (एनआरएन) को लगानी भित्र्याउने तयारी शुरू भएको छ । योसँगै नेपाल धितोपत्र बोर्डको दशक पुरानो सोचले छिट्टै पूर्णता पाउने सम्भावना देखिएको छ । एनआरएन भित्र्याउने योजनालाई मूर्तरूप दिने तयारीस्वरूप बोर्डले गत चैत १९ गते एउटा अध्ययन समिति गठन गरेको थियो । बोर्डले एनआरएनको लगानी धितोपत्र बजारमा ल्याउने सम्बन्धमा अध्ययन गर्न बोर्डमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट प्रतिनिधित्व गरेका सञ्चालक सुजनकुमार काफ्लेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिका अन्य सदस्यहरूमा बोर्डका विज्ञ सञ्चालक भोला ढुंगाना र कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ तथा सदस्य सचिवमा उपकार्यकारी निर्देशक दीपा दाहाल थिए ।  बोर्डले समितिलाई प्रतिवेदन तयार गर्न ३ महीना दिएको थियो । समितिले प्रतिवेदन तयार गरी अध्यक्ष रमेशकुमार हमाललाई बुझाइसकेको बोर्डका प्रवक्ता तथा अध्ययन समिति सदस्य मुक्ति श्रेष्ठले जानकारी दिए । समितिले एनआरएनलाई पूँजीबजारमा ल्याउन आवश्यक नियमावली तर्जुमा गरी बोर्ड सञ्चालक समितिमा पेश गरेको छ । बोर्ड सञ्चालक समितिले उक्त प्रतिवेदन अध्ययन गरी दिएको निर्देशनबमोजिम प्रक्रिया अघि बढ्ने श्रेष्ठले बताए । समितिले नियमावली कार्यान्वयनमा हुन सक्ने कठिनाइ पहिचान गरी त्यसका लागि आवश्यक कार्यविधिसमेत सिफारिश गरेको छ ।  बोर्ड अध्यक्ष हमालले समितिले प्रतिवेदन पेश गरे पनि अध्ययन गर्न बाँकी रहेको बताए । धितोपत्र बजारको विकासका लागि कोसेढुंगा सावित हुने एनआरएनको लगानी भित्र्याउने कार्यलाई जतिसक्दो चाँडो टुंगोमा पुर्‍याउने प्रयास गरिने हमालको भनाइ छ । एनआरएनलाई धितोपत्र बजारमा भित्र्याउने विषयमा यसअघि नै निर्धारण गरिएका कानूनी विषयमा समेत स्पष्ट हुँदै समयसापेक्ष कानून निर्माणमा बोर्डले ध्यान दिने अध्यक्ष हमालले बताए ।  एनआरएन धितोपत्र बजारमा भित्रिएपछि बजारमा लगानीकर्ताको संख्या वृद्धि भई तरलतासमेत बढ्ने अपेक्षा हमालको छ । एनआरएनको लगानीले धितोपत्र बजारमा माग पक्ष बलियो हुने, अस्थिरता कम भई मूल्य जोखिम कम हुनेजस्ता सुधार देखिने आशा हमालले गरेका छन् ।  जुनसुकै क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफलको आशा गरिने भएकाले नेपालको धितोपत्र बजारमा गैरआवासीय नेपालीको लगानी समेत सुरक्षित हुनेगरी कानूनी व्यवस्था हुनुपर्ने सुझाव विज्ञहरूको छ । अन्तरराष्ट्रिय पूँजी बजारविज्ञ मुक्ति अर्यालले एनआरएनको लगानी धितोपत्र बजारमा भित्र्याउनेसँगै फिर्ता लैजाने सरल कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिए ।  करको सम्बन्धमा समेत समान व्यवस्था गर्नुपर्ने अर्यालको सुझाव छ । नेपालमा बस्ने नेपालीलाई नाफा कमाएबापत फरक कर र विदेशमा बस्ने नेपालीलाई फरक करको नीति हुन नहुनेमा अर्यालले जोड दिएका छन् । एनआरएनको लगानी भित्र्याउन निकै चुनौती देख्ने अर्याल नेपालको कानून निर्माणमा हाल कायम मानसिकताले काम नगर्ने बताउँछन् । लगानीको दायरा फराकिलो बनाउने उद्देश्यसहित बोर्डले खुला मानसिकताका साथ कानून बनाउनुपर्ने उनको सुझाव छ ।

धितोपत्र बजारमा एनआरएन भित्र्याउन अध्ययन समितिले बुझायो प्रतिवेदन

काठमाडौं । धितोपत्र बजारमा गैरआवासीय नेपालीको (एनआरएन)को लगानी भित्र्याउने तयारी शुरू भएको छ । बोर्डले एक दशकभन्दा बढी समयदेखि अघि सारेको एनआरएनको लगानी भित्र्याउने योजनाले अब छिट्टै पूर्णता पाउने सम्भावना देखिएको छ ।  एनआरएनको लगानी पूँजीबजारमा भित्र्याउनेबारे अध्ययन गर्न गठित समितिले पनि बोर्डलाई प्रतिवेदन बुझाइसकेको छ । बोर्डका प्रवक्ता एवम् समिति सदस्य मुक्ति श्रेष्ठले अध्ययन समितिले प्रतिवेदन तयार गरी अध्यक्ष रमेशकुमार हमाललाई बुझाइसकेको जानकारी दिए । समितिले एनआरएनको लगानी पूँजीबजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी सञ्चालक बोर्डमा पेससमेत गरेको छ । अध्ययन समितिले नियमावली कार्यान्वयनमा हुन सक्ने कठिनाइ पहिचान गरी सोका लागि आवश्यक कार्यविधि बनाउन सिफारिससमेत गरेको जानकारी दिइएको छ ।  बोर्ड सञ्चालक समितिले उक्त प्रतिवेदन अध्ययन गरी दिएको निर्देशनबमोजिम प्रक्रिया अघि बढाउने श्रेष्ठको भनाइ छ ।  बोर्डले एनआरएनको लगानी पूँजीबजारमा भित्र्याउने सम्बन्धमा अध्ययन गर्न गत चैत १९ गते नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाबाट प्रतिनिधित्व गरेका सञ्चालक सुजन कुमार काफ्लेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिका अन्य सदस्यहरूमा सञ्चालक बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक दीपा दाहाल छन् । सो समितिलाई बोर्डले प्रतिवेदन तयार गर्न तीन महीनाको समय दिएको थियो । प्रस्तावित नियमावलीको कार्यान्वयनपश्चात् धितोपत्र बजारमा लगानीकर्ताको संख्या वृद्धि भई तरलतासमेत वृद्धि  हुने बोर्डको विश्वास छ । एनआरएनको लगानीले धितोपत्र बजारमा माग पक्ष बलियो हुने, बजारमा अस्थिरता कम भइ मूल्य जोखिम कम हुनेलगायत सुधार देखिने बोर्डको भनाइ छ ।

निजगढमै विमानस्थल बनाउन उपयुक्त हुने निष्कर्षसहित विज्ञ समूहले बुझायो प्रतिवेदन

विज्ञ समूहले दिएको प्रतिवेदन अनुसार पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य छिट्टै सुरु गरिने मन्त्रीले श्रेष्ठले बताए ।

विज्ञ समूहले बुझायो काउन्सिललाई प्रतिवेदन

पत्रकार आचारसंहिता अनुगमन तथा सुधार गर्न प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले प्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले १० दिनमा आइतबार सुझावसहितको प्रतिवेदन बुझाएको हो ।

रानीपोखरी पुननिर्माणको लागि विज्ञ समुहले प्रतिवेदन बुझायो (प्रतिवेदन सहित)

काठमाडौं, माघ ७ – रानीपोखरीको पुनःनिर्माणका लागि गठित विज्ञ समूहले मल्लकालीन शैलीमा नै रानीपोखरी निर्माण गर्न काठमाडौं महानगरपालिका मेयर विद्यास...

रानीपोखरी जिर्णोद्वारबारे विज्ञ समूहले बुझायो प्रतिवेदन

रानीपोखरी जिर्णोद्वारबारे अध्ययन गर्न बनेको विज्ञ समूहले पोखरी र बीचको बालगोपालेश्वर मन्दिरसमेत मल्लकालीन स्वरुप, शैली र निर्माण सामग्री नै प्रयोग गरेर बनाउने सुझावसहितको प्रतिवेदन आइतबार काठमाडौं महानगरपालिकालाई बुझाएको छ। विज्ञ समूहका संयोजक तथा पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले काठमाडौं मेयर विद्यासुन्दर शाक्यलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। समूहको सुझावअनुरुप रानीपोखरीलाई मल्लकालीन शैलीमै निर्माण गर्ने जिम्मा अब…