दोस्रो पटक गुड्यो रेल, लिक परीक्षणले जागे आशा

हस्तान्तरण गरेको दोस्रो वर्षमा प्रवेश गर्दा नेपालका ध्वजावाहक रेल दोस्रो पटक गुडे । नेपालको जयनगरबाट भारतको कुर्थासम्मको  ३४  किलोमिटर  दूरी  रेलले  तय  गरेका हुन् । २०७७  असोज  २  गते  भित्रिएका  दुई  रेल  कात्तिक  ५  गते  भारतीय  रेल्वे  कम्पनी  कर्पोरेसन  (कोँकण)ले  नेपाल  रेल्वे  कम्पनीलाई  हस्तान्तरण  गरेको थियो । ८४ करोड ६५ लाख रूपियाँमा रेल किनिएका हुन् । तर, त

सम्बन्धित सामग्री

बजेटको के काम ?

बजेट बनाइँदै छ । वा भनौं बजेटको हलुवा पकाइँदै छ । खासमा त पुरानो बजेटलाई नयाँ र्‍यापरमा सजाइँदै छ । बजेटको हलुवा चाख्न पाउने पार्टीका नेता, कार्यकर्ता, यो बजेटलाई संसारकै उत्कृष्ट बजेट भनेर कराउनेछन् । विरोधी दलकाहरू भने छाती पिटी पिटी रुनेछन्,  संसदै हल्लाउनेछन् र यो बजेटलाई गोबरको संज्ञा दिन चुक्तैनन् । तर बजेटको ब्रिफकेसबाट धेरै टाढा रहेका बिचरा सर्वसाधारण भने न रुन सक्छन्, न हाँस्न सक्छन् । सबैलाई थाहा छ, बजेट जेठ १५ मा आउँछ । ऊ आउँदा करको भारी बोकाएर जान्छ, सपना पारी देखाएर जान्छ । विसं २००८ मा तत्कालीन अर्थमन्त्री सुवर्ण शम्शेरले पहिलो बजेट बनाएका थिए । त्यै बजेटलाई अहिलेसम्म टालटुल पार्ने क्रम जारी छ, जसलाई सर्वसाधारणले कहिल्यै बुझेनन् वा जानेनन् र कहिल्यै आफ्नो ठानेनन् । सर्वसाधारण त के अर्थशास्त्रीहरू पनि बजेट बुझ्न नसकेर जमीन कोपरिराखेको देखिन्छन् । कोही बुझेर पनि बुझ पचाइरहेका भेटिन्छन् । तर जति बेला बजेट भन्ने वस्तु थिएन, त्यतिबेला पनि मौसम बदलिरहन्थ्योे । त्यसबेला पनि बच्चाहरू जन्मिन्थे । जब बजेट थिएन, तब पनि मानिसहरू खुशी नै थिए होला । सत्ययुगमा त न राज्य थियो, न राजा थिए, न दण्ड थियो न दाण्डिक नै । अधर्म बढेपछि राज्य आयो, राज्य आएपछि कर आयो । अनि बजेट आयो । त्यसैले बजेट र अधर्मको गहिरो सम्बन्ध छ । जति धेरै अधर्म, उति धेरै बजेटको महत्त्व छ । अहिले सरकारको बजेट त बन्छ । तर मानिससँग खर्च गर्ने बजेट नै छैन । तब सरकारले बनाउने बजेटको के काम ?  समयको चक्र घुमिरहेकै छ । शायद हामी त्यहीँ पुग्छौं, जब बजेट भन्ने नै हुन्नथ्यो । बजेट हुन्थ्यो भने पनि कहीँ पेश हुन्थेन । कुनै पनि कुरा तबसम्म सुन्दर लाग्छ, जबसम्म त्यो पेश हुन्न, चाहे बजेट होस् वा गजेट । पेश भएपछि त त्यो कुरामा कमजोरी नै कमजोरी देखिन थाल्छ । याद गर्नुस् त जब बजेटमा भ्यू टावर, सुरुङमार्ग, मेलम्ची, आगआव, रेल र पानीजहाज पेश हुन्थे, तब संसदभित्र तालीको गडगडाहट हुन्थ्यो, जनता दंगदास हुन्थे । रेल भएन, रेलको लिक बनेन, भाडा महँगो भो आदि आदि भनेर विपक्षी कुर्लन्थे । अहिले त शायद पानीजहाज र रेल बजेट बन्द भएको छ । अहिले त रेल र तेल भन्दा जेल बजेट बनाउनुपर्ने बेला आएको छ, भीआईपीहरुलाई राम्रोसँग राख्नका लागि ।  जेहोस् पानीजहाज र रेल नआए पनि मानिसहरू आवतजावत गरी नै रहेका छन् । कुनै पहाड खसेको छैन । यो रेल र जहाज नभएर कसलाई के फरक फरक परेको छ र ? कुनै बेला ५ महीनासम्म बजेट नआउँदा पनि चलेकै थियो, अझ अहिलेभन्दा राम्रोसँग । नेपाल आस्थामा विश्वास गर्ने देश हो । हाम्रो आस्था एउटै ईश्वर, एउटै आत्मामा हुन्छ । त्यसैले खर्च चलाउन बजेट र शासन चलाउन गजेट दुवै बेकार हुन् । यसरी कुनै बेला त्यो सुनौलो दिन पनि आउनेछ, जब बजेट बन्दैन । कतिपय मान्छे यस्ता हुन्छन्, जो आफन्त, साथीभाइ आदिबाट बजेट लिएर पूरै जिन्दगी बिताइदिन्छन्, हाम्रो सरकार जस्तै । केटाकेटीको स्कूलको फी तिर्नु छ भने मामासँग उधारो लियो । राशनका लागि काकासँग लियो । मोटरसाइकल फरक फरक साथीभाइसँग मागेर चढ्यो । एउटासँग उधारो लिएर अर्कोको तिर्दियो । मर्‍यो भने छिमेकीले घाट पुर्‍याइदिहाल्छन् । जब विना कुनै योजना पूरै देश गज्जबसँग चलिराछ भने जीवन पनि विना बजेटको किन चल्न सक्तैन ? वास्तवमा बजेट जरुरी हुँदै हैन । जरुरी छ त आनन्दको, शान्तिको । सबै धर्मग्रन्थ र धार्मिक संघसंस्था र धार्मिक टिभी कार्यक्रमहरूले पनि यै भन्दै आएका छन् कि आनन्दमग्न रहू । तिमीले के लिएर आएका थियौ र ? कुनै उत्पादन तिमीले बनाएका भए पनि त्यसबाट कमाउने त सरकारले हो । बचेखुचेको तिमीले केही कमाएका छौ भने पनि त्यो एक दिन सबै नष्ट हुन्छ । केही कुरा स्थायी छैन । कुनै पनि कुरा शाश्वत छैन । पुराना पात झर्छन्, नयाँ पलाउँछन् । पुराना नोट जान्छन्, नयाँ आउँछन् । पर्स त्यै नै रहन्छ, खल्ती त्यही रहन्छ । जसरी शरीर बदलिरहन्छ तर आत्मा अमर रहन्छ । बजेट पनि सधैं त्यही रहन्छ, सामान्य केही नारा र अंकमात्र फेरिन्छन् ।  मैलै एकजना नामी, दामी अर्थशास्त्रीलाई सोधेँ कि यो बजेटको आवश्यकता नै किन हुन्छ हँ ? उनले भने– बजेट विना योजना कसरी बन्छ ? पैसाको बन्दोबस्त कहाँबाट गर्छौ ? देश कसरी चल्छ ?  मैले सोधेँ– यसको मतलब सबै कुरा बजेटबाट मात्रै चल्छ त ?  उनले भने– हो । एक एक पैसा खर्च बजेटबाटै हुन्छ । गरीबका अन्न, कर्मचारीका पेन्सन, वृद्धका भत्ता सबै बजेटबाटै त आउँछ । मैले सोधेँ– यी महापुरुषहरूका बंगला, हाकिमहरूका कार, विदेश भ्रमण आदि सबैका पैसा पनि बजेटबाटै आउँछ होला नि त ? अर्थशास्त्रीले भने– हो, यी सबै सरकारी बजेटबाटै खर्च हुन्छन् । फेरि मैले सोेधेँ– यी कुराहरूमा खर्च कटौती गर्न सकिन्न र ?  उनले भने– यो असम्भव छ । यो कहिल्यै हुन सक्दैन । पुरानो जमानामा पनि राजाको रथ पनि किसानबाट उठाएको करबाटै चल्थ्यो ।  मैले फेरि सोधेँ– त्यसो भए अरू के चैं हुन सक्छ त ? उनले भने– त्यही हुन सक्छ, जुन सधैं हुँदै आएको छ । पैसा जनताबाट आउँछ र जनतालाई नै खर्च गरिन्छ । बीचका मान्छेहरूले लिइरहने त सधैं ज्याला मात्र हो । हो, त्यो ज्याला चाहिँ अलि चर्कै हुन्छ ।  मैले बल्ल बुँझे, बजेट अजर, अमर छ । यो अनादि अनन्त किसिमको छ । त्यो तयार हुन्छ, पेश गरिन्छ । कोही त्यसलाई जनकल्याणकारी त कोही जनविरोधी भन्छन् । यदि आम्दानी बढ्यो भने कर बढ्छ । कर बढेन भने कुनै अरू नै कुरा बढ्छ । यदि कार सस्तो भयो भने इन्धन महँगो हुन्छ । बजेट वास्तवमा एउटा ब्युटिपार्लर जस्तै हो, जसले मुहारको चाउरीलाई लुकाउन त सक्छ, तर हटाउन सक्तैन । हटाउने उसको सामर्थ्यको बाहिरको कुरा हो । आशा छ, देशमा कुनै यस्तो दिन पनि आउँछ, जब न बजेट बन्छ न त पेश नै हुन्छ । त्यो भगवान् जस्तै सर्वत्र हुन्छ, तर देखिँदैन । त्यसलाई केवल अनुभव गर्न सकिन्छ । अनि त्यस्तो बजेट नहुँदा पनि जीवन चलिरहन्छ । त्यसो भए बजेटको के काम वा किन चाहियो त बजेट ?

जेड फ्लिप ४ फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दै सामसङ

सामसङले आफ्नो केही समयपछि नेक्स्ट जेनेरेसन फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी ग्यालेक्सी अनप्याक्ड इभेन्टमा सामसङ ग्यालेक्सी जेड फ्लिप ४ स्मार्टफोन सार्वजनिक गर्ने आशा गरिएको छ । अनप्याक्ड इभेन्ट अगस्ट १० मा आयोजना हुँदैछ । अहिलेका लागि भने ग्यालेक्सी जेड फ्लिप ४ स्मार्टफोनको विवरण लिक भएको छ । बाहिर आएको रूमरअनुसार यसमा ३ वटा रियर क्यामेरा...