बजेटको के काम ?

बजेट बनाइँदै छ । वा भनौं बजेटको हलुवा पकाइँदै छ । खासमा त पुरानो बजेटलाई नयाँ र्‍यापरमा सजाइँदै छ । बजेटको हलुवा चाख्न पाउने पार्टीका नेता, कार्यकर्ता, यो बजेटलाई संसारकै उत्कृष्ट बजेट भनेर कराउनेछन् । विरोधी दलकाहरू भने छाती पिटी पिटी रुनेछन्,  संसदै हल्लाउनेछन् र यो बजेटलाई गोबरको संज्ञा दिन चुक्तैनन् । तर बजेटको ब्रिफकेसबाट धेरै टाढा रहेका बिचरा सर्वसाधारण भने न रुन सक्छन्, न हाँस्न सक्छन् । सबैलाई थाहा छ, बजेट जेठ १५ मा आउँछ । ऊ आउँदा करको भारी बोकाएर जान्छ, सपना पारी देखाएर जान्छ । विसं २००८ मा तत्कालीन अर्थमन्त्री सुवर्ण शम्शेरले पहिलो बजेट बनाएका थिए । त्यै बजेटलाई अहिलेसम्म टालटुल पार्ने क्रम जारी छ, जसलाई सर्वसाधारणले कहिल्यै बुझेनन् वा जानेनन् र कहिल्यै आफ्नो ठानेनन् । सर्वसाधारण त के अर्थशास्त्रीहरू पनि बजेट बुझ्न नसकेर जमीन कोपरिराखेको देखिन्छन् । कोही बुझेर पनि बुझ पचाइरहेका भेटिन्छन् । तर जति बेला बजेट भन्ने वस्तु थिएन, त्यतिबेला पनि मौसम बदलिरहन्थ्योे । त्यसबेला पनि बच्चाहरू जन्मिन्थे । जब बजेट थिएन, तब पनि मानिसहरू खुशी नै थिए होला । सत्ययुगमा त न राज्य थियो, न राजा थिए, न दण्ड थियो न दाण्डिक नै । अधर्म बढेपछि राज्य आयो, राज्य आएपछि कर आयो । अनि बजेट आयो । त्यसैले बजेट र अधर्मको गहिरो सम्बन्ध छ । जति धेरै अधर्म, उति धेरै बजेटको महत्त्व छ । अहिले सरकारको बजेट त बन्छ । तर मानिससँग खर्च गर्ने बजेट नै छैन । तब सरकारले बनाउने बजेटको के काम ?  समयको चक्र घुमिरहेकै छ । शायद हामी त्यहीँ पुग्छौं, जब बजेट भन्ने नै हुन्नथ्यो । बजेट हुन्थ्यो भने पनि कहीँ पेश हुन्थेन । कुनै पनि कुरा तबसम्म सुन्दर लाग्छ, जबसम्म त्यो पेश हुन्न, चाहे बजेट होस् वा गजेट । पेश भएपछि त त्यो कुरामा कमजोरी नै कमजोरी देखिन थाल्छ । याद गर्नुस् त जब बजेटमा भ्यू टावर, सुरुङमार्ग, मेलम्ची, आगआव, रेल र पानीजहाज पेश हुन्थे, तब संसदभित्र तालीको गडगडाहट हुन्थ्यो, जनता दंगदास हुन्थे । रेल भएन, रेलको लिक बनेन, भाडा महँगो भो आदि आदि भनेर विपक्षी कुर्लन्थे । अहिले त शायद पानीजहाज र रेल बजेट बन्द भएको छ । अहिले त रेल र तेल भन्दा जेल बजेट बनाउनुपर्ने बेला आएको छ, भीआईपीहरुलाई राम्रोसँग राख्नका लागि ।  जेहोस् पानीजहाज र रेल नआए पनि मानिसहरू आवतजावत गरी नै रहेका छन् । कुनै पहाड खसेको छैन । यो रेल र जहाज नभएर कसलाई के फरक फरक परेको छ र ? कुनै बेला ५ महीनासम्म बजेट नआउँदा पनि चलेकै थियो, अझ अहिलेभन्दा राम्रोसँग । नेपाल आस्थामा विश्वास गर्ने देश हो । हाम्रो आस्था एउटै ईश्वर, एउटै आत्मामा हुन्छ । त्यसैले खर्च चलाउन बजेट र शासन चलाउन गजेट दुवै बेकार हुन् । यसरी कुनै बेला त्यो सुनौलो दिन पनि आउनेछ, जब बजेट बन्दैन । कतिपय मान्छे यस्ता हुन्छन्, जो आफन्त, साथीभाइ आदिबाट बजेट लिएर पूरै जिन्दगी बिताइदिन्छन्, हाम्रो सरकार जस्तै । केटाकेटीको स्कूलको फी तिर्नु छ भने मामासँग उधारो लियो । राशनका लागि काकासँग लियो । मोटरसाइकल फरक फरक साथीभाइसँग मागेर चढ्यो । एउटासँग उधारो लिएर अर्कोको तिर्दियो । मर्‍यो भने छिमेकीले घाट पुर्‍याइदिहाल्छन् । जब विना कुनै योजना पूरै देश गज्जबसँग चलिराछ भने जीवन पनि विना बजेटको किन चल्न सक्तैन ? वास्तवमा बजेट जरुरी हुँदै हैन । जरुरी छ त आनन्दको, शान्तिको । सबै धर्मग्रन्थ र धार्मिक संघसंस्था र धार्मिक टिभी कार्यक्रमहरूले पनि यै भन्दै आएका छन् कि आनन्दमग्न रहू । तिमीले के लिएर आएका थियौ र ? कुनै उत्पादन तिमीले बनाएका भए पनि त्यसबाट कमाउने त सरकारले हो । बचेखुचेको तिमीले केही कमाएका छौ भने पनि त्यो एक दिन सबै नष्ट हुन्छ । केही कुरा स्थायी छैन । कुनै पनि कुरा शाश्वत छैन । पुराना पात झर्छन्, नयाँ पलाउँछन् । पुराना नोट जान्छन्, नयाँ आउँछन् । पर्स त्यै नै रहन्छ, खल्ती त्यही रहन्छ । जसरी शरीर बदलिरहन्छ तर आत्मा अमर रहन्छ । बजेट पनि सधैं त्यही रहन्छ, सामान्य केही नारा र अंकमात्र फेरिन्छन् ।  मैलै एकजना नामी, दामी अर्थशास्त्रीलाई सोधेँ कि यो बजेटको आवश्यकता नै किन हुन्छ हँ ? उनले भने– बजेट विना योजना कसरी बन्छ ? पैसाको बन्दोबस्त कहाँबाट गर्छौ ? देश कसरी चल्छ ?  मैले सोधेँ– यसको मतलब सबै कुरा बजेटबाट मात्रै चल्छ त ?  उनले भने– हो । एक एक पैसा खर्च बजेटबाटै हुन्छ । गरीबका अन्न, कर्मचारीका पेन्सन, वृद्धका भत्ता सबै बजेटबाटै त आउँछ । मैले सोधेँ– यी महापुरुषहरूका बंगला, हाकिमहरूका कार, विदेश भ्रमण आदि सबैका पैसा पनि बजेटबाटै आउँछ होला नि त ? अर्थशास्त्रीले भने– हो, यी सबै सरकारी बजेटबाटै खर्च हुन्छन् । फेरि मैले सोेधेँ– यी कुराहरूमा खर्च कटौती गर्न सकिन्न र ?  उनले भने– यो असम्भव छ । यो कहिल्यै हुन सक्दैन । पुरानो जमानामा पनि राजाको रथ पनि किसानबाट उठाएको करबाटै चल्थ्यो ।  मैले फेरि सोधेँ– त्यसो भए अरू के चैं हुन सक्छ त ? उनले भने– त्यही हुन सक्छ, जुन सधैं हुँदै आएको छ । पैसा जनताबाट आउँछ र जनतालाई नै खर्च गरिन्छ । बीचका मान्छेहरूले लिइरहने त सधैं ज्याला मात्र हो । हो, त्यो ज्याला चाहिँ अलि चर्कै हुन्छ ।  मैले बल्ल बुँझे, बजेट अजर, अमर छ । यो अनादि अनन्त किसिमको छ । त्यो तयार हुन्छ, पेश गरिन्छ । कोही त्यसलाई जनकल्याणकारी त कोही जनविरोधी भन्छन् । यदि आम्दानी बढ्यो भने कर बढ्छ । कर बढेन भने कुनै अरू नै कुरा बढ्छ । यदि कार सस्तो भयो भने इन्धन महँगो हुन्छ । बजेट वास्तवमा एउटा ब्युटिपार्लर जस्तै हो, जसले मुहारको चाउरीलाई लुकाउन त सक्छ, तर हटाउन सक्तैन । हटाउने उसको सामर्थ्यको बाहिरको कुरा हो । आशा छ, देशमा कुनै यस्तो दिन पनि आउँछ, जब न बजेट बन्छ न त पेश नै हुन्छ । त्यो भगवान् जस्तै सर्वत्र हुन्छ, तर देखिँदैन । त्यसलाई केवल अनुभव गर्न सकिन्छ । अनि त्यस्तो बजेट नहुँदा पनि जीवन चलिरहन्छ । त्यसो भए बजेटको के काम वा किन चाहियो त बजेट ? 

सम्बन्धित सामग्री

निजगढ विमानस्थलको काम चाँडै अगाडि बढाइने

काठमाडौँ – सरकारले निजगढ विमानस्थलको काम अघि बढाउने घोषणा गरेको छ। विमानस्थलको काम सुरु गर्न वातावरणीय प्रभाव मूल्यांकनलगायतका काम अघि बढाइने भएको हो। सोमबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्।

अफगानिस्तानमा महिलालाई काम गर्न प्रतिबन्ध : ३ वटा एनजीओले काम राेके

तालिबान सरकारले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा काम गरिरहेका तीन वटा प्रमुख गैरसरकारी संस्था (एनजीओ) ले काम रोकेका छन् । अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी काम गरिरहेका केयर इन्टरनेशनल, नर्वेजियन शरणार्थी परिषद् र सेभ द चिल्ड्रेनले संयुक्त विज्ञप्ति निकालेर आफूहरूले महिला कर्मचारीविना आफ्नो काम जारी राख्न नसक्ने बताएका बीबीसीले जनाएको छ । उनीहरूले आफूहरूका महिला कर्मचारीले निर्बाध काम गर्न पाउनुपर्ने बताएका छन् । तालिबानले महिलालाई विश्वविद्यालयमा जान प्रतिबन्ध लगाएको केही दिनपछि हिजो शन...

म अहिले पनि १८ घण्टा काम गर्छु, साथीहरु १४ घण्टा काम गर्नूस्: ओली

'म अहिले पनि १८ घण्टा काम गर्छु। १८ घण्टा काम गर्छु म। अनि, प्रायः साथीहरु त म भन्दा कमै उमेरका हुनुहुन्छ। १८ घण्टा म काम गर्छु भने १८ घण्टा नगर्नुस तर कमसेकम १४ घण्टा त गर्नुस्। १२ घण्टा गर्नुस्। १० घण्टा गर्नुस् त्यो सक्नु हुन्न भने कमसेकम ८ घण्टा गर्नु...

'मलाई काम गर्न दिनुस्'

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले शपथ लिएको दिनदेखि नै फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमै ध्यान दिएको बताउँदै मेयर साहले त्यसका लागि नुवाकोटको सिसडोलका स्थानीयसँग केही दिनको समय मागेका हुन् । 'म आफ्नो जागिर र काम छाडेर जनताको सेवाका लागि मेयर पदमा लडेको हुँ,' उनले भने, 'मलाई काम गर्न दिनुस् ।'आफूले सहज रूपमा काम गर्न पाए एक साताभित्रै सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता उनले व्यक्त गरे। उपमेयर सुनीता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन

‘प्रेमा’मा काम गर्दै सुवेक्षा

चलचित्र ‘रणवीर’बाट डेब्यू गरेकी मोडल सुवेक्षा खड्काले दोश्रो चलचित्रमा काम गरिरहेकी छिन् । सुवेक्षाले पहिलो चलचित्रमा काम गरेको ३ बर्षपछि दोश्रो चलचित्र ‘प्रेमा’मा काम गरिरहेकी छिन् । यो चलचित्रमा उनी शिर्ष भूमिकामा रहेको वुझिएको छ । यो चलचित्रको छायांकन २ साता अघिदेखि सुरु भएको निर्माणपक्षले बताएको छ । यो चलचित्रलाई ‘रणवीर’ चलचित्रका निर्देशक गोविन्द सिंह […]

काम लिने तरिका

एउटा खेतमा केही कृषि मजदुर काम गरिरहेका थिए । एकछिन काम गरिसकेपछि सबै एक ठाउँमा बसेर गफ लडाउन थाले । मजदुरहरूको यो चाला देखेर पनि खेतका मालिकले केही भनेनन् ।...

‘काम छैन, के खाने ?’

काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरु सवैभन्दा धेरै मर्कामा परेका छन् । दिनभरी भारी बोक्ने र रिक्सा चलाएर बिहान बेलुका छाक टार्ने मजदुर वर्ग निषेधाज्ञापछि काम नपाउँदा समस्यामा परेका हुन् । उनीहरुले काम नहुँदा हातमुख जोड्नै समस्या हुन थालेको गुनासो गरेका छन् । ‘अरु बेला त काम पाइन्थ्यो तर, निषेधाज्ञापछि काम छैन । सवैतिर बन्द छ, काम नभएपछि भरे के खाने भन्ने चिन्ता छ’, वसन्तपुरमा भेटिएका एक मजदुरले भने, ‘रोगले भन्दा पनि

जब बुढ्यौलीमा पनि काम गर्नुपर्ने हुन्छ

बुढ्यौली दिनदिनै महंगो हुँदैछ । संभव भएसम्म, आउँदो पीढींले गरिरहेको काम छाड्ने बिचारलाई सधैका लागि त्याग्नुहोस् । के गर्ने, जब हामी बुढो हुन्छौ ? के हामी काम गर्नका लायक रहन्छौ ? के कसैले हामीलाई काम दिन्छ ? डाक्टर बिल फ्रैंकलैन्ड १ सय ६ बर्षका छन् । सायद यो धर्तीमा काम गरिरहेका सबैभन्दा पाको डाक्टर उनै […]