पाँचपोखरीको प्राथमिकतामा पर्यटन, शिक्षा र स्वास्थ्य : पर्यटनलाई जनताको जीवनस्तरसँग जोडिदैं

चैत ९, काभ्रेपलाञ्चोक । भ्रमण वर्ष मनाउन छानिएका १०० पर्यटकीय गन्तव्यमध्ये पाँचपोखरी पनि एक हो । समुद्र सतहबाट करीब चार हजार १५० मिटर उचाइमा अवस्थित पाँचपोखरीको प्राकृतिक सौन्दर्य मनमोहक छ । काठमाडौंबाट नजिकको सुन्दर गन्तव्य हो पाँचपोखरी । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रका रूपमा पाँचपोखरी थाङ्पाल गाउँपालिका परिचित छ । पाँचपोखरी नै चर्चित र रमणीय पर्यटकीय क्षेत्र भएकाले यो विशेष छ । यसैका नामबाट गाउँपालिकाको नाम राखिएको हो । जति सम्भावना छ, त्यति विकास भने हुन सकेको छैन ।  जिल्लाका १२ स्थानीय तहमध्येको पाँचपोखरी थाङ्पाल गाउँपालिका उच्च हिमाली दूरदराजमा पर्ने गाउँपालिका हो । यो गाउँपालिकामा २०७२ सालको भूकम्पले धेरै क्षति पुर्‍यायो । त्यो अवस्थाबाट जिम्मेवारी वहन गर्नुपरेकाले चुनौती रहेको गाउँपालिका अध्यक्ष टासी लामा बताउँछन् । दोस्रो चुनौती स्थानीय तहमा जनशक्तिको अभाव हो । सबै ऐन, कानूनको अभाव, कोरोना महामारी, बाढीलगायतको सामाना गर्नु परेकाले सबै काम पूरा हुन नसकेका लामा बताउँछन् । स्थानीय स्रोत साधनको प्रयोग गरी केही महत्वपूर्ण काम अघि बढाएको उनले बताए । भूकम्पपछिको पुनर्निर्माण, आवास, स्वास्थ्य, शिक्षा, सेवा प्रदायक संस्थाको भवन निर्माण, विद्युत् प्रसारण लाइनको काम गरिएको उनले बताए ।  सडकलाई मात्र महत्वपूर्ण नठानी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन र युवालक्षित कार्यक्रमलाई प्राथमिकतामा राखी अगाडि बढेको हुँदा अहिले नतिजा देखिन थालेको लामाले बताए ।  याङी र पाँचपोखरी पर्यटनमार्ग बनाइएको छ । यी दुवै कच्ची सडकको स्तरोन्नतिको काम हुँदैछ । पाँचपोखरी चक्रपथको विकास गरी तीव्ररूपमा स्तरोन्नतिको काम भइरहेको छ ।  गुणस्तरीय शिक्षामा जोड दिइएको गाउँपालिकाका विद्यालय निरीक्षक उत्तममणि पौडेल बताउँछन् । विसं २०७२ को भूकम्पले विद्यालयका भौतिक संरचना पूर्णरूपमा ध्वस्त बनाएकाले भूकम्प प्रतिरोधात्मक भवन भवन निर्माण सम्पन्न गरिएका छन् । विद्यालय ‘मर्ज’ गर्ने अभियानमा रहेको पौडेलले बताए । चार विद्यालय मर्ज गरी थाङ्पाल भ्याली विद्यालय नामाकरण गरी सञ्चालन गरिएको छ ।  पालिकाले विद्यालय करेसाबारीको कार्यक्रम अघि बढाएको छ । कक्ष १ देखि ८ सम्मको हाम्रो पाँचपोखरी पाठ्यक्रम र कक्षा १ देखि ३ सम्म मेरो पाँचपोखरी पाठ्यपुस्तक प्रकाशन गरी अध्यापन गराइँदै छ । मातृभाषा शिक्षाअन्तर्गत गुम्बा शिक्षाबारे ऐच्छिकरूपमा विद्यार्थीले अध्ययन गरिरहेका छन् । पाँच विद्यालयमा एक–एक विद्यालय नर्सको व्यवस्था गरिएको प्रमुख प्रसासकीय अधिकृत दिनेशकुमार पोखरेलले बताए । आर्थिक समृद्धिका लागि गाउँपालिकालाई पर्यटनको हब बनाई पर्यटन व्यवसायलाई जनताको जीवनस्तरसँग जोड्ने काम भइरहेको छ ।  पाँचपोखरीसँगै आमा याङी, डाइग्रन गुफा, दूधपोखरी, पेमाछल उद्यान केन्द्र, रैथानेश्वरी, च्योज्यो डाँडा, हबेली नौलिङ्गेश्वरी, जुगल हिमशृङ्खला, दोर्जे ल्याक्पा हिमाल, युवा पिक, पाँचपोखरी पिक, तिलमानपासलगायत पर्यटकीय ठाउँको विकास भइरहेको छ । रक क्लाम्बिङ र प्याराग्लाइडिङको सफल परीक्षण गरिएको उपाध्यक्ष  सुनिता अधिकारीले बताइन् । रासस

सम्बन्धित सामग्री

शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा छः मुख्यमन्त्री यादव

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको समृद्धिका लागी शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्। आइतबार नेपाल चिकित्सक दिवसको अवसरमा जनकपुरधाममा शुरु भएको मधेश स्वास्थ्य शिखर सम्मेलन २०२४ को समुदघाटन सत्रमा बोल्दै मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागी मधेस सरकार प्राथमिकताका साथ काम गरि रहेको दावी गरे । उनले शिक्षा र […]

विद्यालयमा स्वास्थ्य सतर्कता अपनाउन शिक्षा मन्त्रालयको परिपत्र

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्वास्थ्य सतर्कता अपनाउन शिक्षा  सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई परिपत्र गरेको छ।

मर्स्याङ्दी गाउँपालिकाको विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले समुदायस्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । समुदाय तथा बालबालिकामा स्वास्थ्य र शिक्षामा सुधार गर्न गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकीहरूले महिनामा एक दिन आफ्नो वडाको हरेक विद्यालय...

‘कल्याणकारी राज्यव्यवस्थाका लागि शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ’

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कल्याणकारी राज्यव्यवस्था स्थापनाका लागि शिक्षा र स्वास्थ्य सर्वसुलभ  तथा निःशुल्क हुनुपर्ने बताएका छन्। नेपाल शिक्षक संघ डडेल्धुराको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता महरले शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएकाले निःशुल्क गरिने पर्ने बताए। ‘मैले लामो समयदेखि निःशुल्क स्वास्थ्य ,शिक्षा  र गुणस्तरीय यातायात तथा सञ्चारसँगै उद्यमशीलतासहितको […]

बुद्धभूमिका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ। छन्दे कालेवाबु नारायणी आँखा अस्पताल बहादुरगन्जले कपिलवस्तुका नवनिर्वाचित जनप्रतिनिधिलाई नगर भित्र रहेका जनताका आँखाको बिरामी पहिचान गरि उपचारका लागि प्रेरित गर्न आँखा स्वास्थ्य शिक्षा प्रदान गरेको हो। अस्पतालले शिवराज र बुद्धभूमि नगरपालिकाका सबै जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण गरेको छ । कार्यक्रमलाई अस्पतालका प्रमुख […] The post बुद्धभूमिका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रतिनिधिसभामा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ- प्रतिनिधिसभाको बुधबारको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले कोभिड संक्रमणका कारण गत वर्ष पेश हुन नसकेको समितिको वार्षिक प्रतिवेदन २०७८ र यस वर्षको प्रतिवेदन २०७९ प्रतिनिधिसभा बैठकमा पेश गरेकी हुन्। कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिइएको, बाह्य मुलुकमा मेडिकल […]

प्रतिनिधिसभामा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश

प्रतिनिधिसभाको बुधबारको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले कोभिड संक्रमणका कारण गत वर्ष पेश हुन नसकेको समितिको वार्षिक प्रतिवेदन २०७८ र यस वर्षको प्रतिवेदन २०७९ प्रतिनिधिसभा बैठकमा पेश गरेकी हुन् । कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिइएको, बाह्य मुलुकमा मेडिकल शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरूका लागि सहज वातावरण निर्माण गराउन, मेडिकल शिक्षा अध्ययनका लागि बढि शु

प्रतिनिधिसभामा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश

प्रतिनिधिसभाको बुधबारको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले कोभिड संक्रमणका कारण गत वर्ष पेश हुन नसकेको समितिको वार्षिक प्रतिवेदन...

संसदमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले कोभिड संक्रमणका कारण गत वर्ष पेश हुन नसकेको समितिको वार्षिक प्रतिवेदन २०७८ र यस वर्षको प्रतिवेदन २०७९ प्रतिनिधिसभा बैठकमा पेश गर्नु भएको हो । कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन […]

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको निर्देशकमा सुनिल शर्मा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको निर्देशकमा सुनिल शर्मालाई जिम्मेवारी दिइएको छ।