नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले काँग्रेसले एमाले र जसपा विभाजन गराउन लागको भन्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको आरोप निराधार रहेको बताएका छन् । नेता रिजालले नेकपा(एमाले)भित्र झगडाको बिउ आफुहरुले लगाएको नभई प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र सबैलाई पेल्ने प्रवृत्तिका कारण विवाद उत्पन्न भएको बताएका हुन् ।सरकारका विरुद्ध काँग्रेसले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने आम मागका बीच पनि सरकार विरुद्ध अविश्वास प्रस्ताव नल्याइ आफै आलोचित हुँदा सम्म पनि काँग्रे