चार वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममा १३ अर्ब २ करोडभन्दा बढी खर्च

काठमाडौं, ५ वैशाख। पछिल्लो चार वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सरकारले १३ अर्ब २करोड ४२लाख रुपैयाँ खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको ६०औं प्रतिवेदनअनुसार सरकारले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९सम्मको अवधिमा उक्त रकम प्रधानमन्त्री रोजगार कार्यक्रममा खर्च गरेको हो। प्रत्येक वर्ष २ लाख जनालाई न्यूनतम एक सय दिनको रोजगारी प्रदान गर्ने भनिए तापनि सबै स्थानीय तहले यो कार्यक्रम सञ्चालन गरेका छैनन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्री रोजगार कार्यक्रम : यो वर्ष पनि सडकतिरै बढी खर्च !

२८ पुस, काठमाडौं । आयोजनाको सूची पेश नगर्ने स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट नपाउने भएका छन् । सरकारले यो वर्ष पनि स्थानीय तहलाई २ अर्ब २० करोड रुपैयाँ कार्यक्रमका लागि स्थानीय तहमा सशर्त पठाउने …