विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र राप्ती तथा नारायणी नदी घेरिएको सुन्दर टापु हो मेघौली । नेपालमा नै सर्वप्रथम जङ्गल सफारीको सुरुआत गर्ने टाइगर टप्स जङ्गल लजको प्रवेशद्वार यो टापु प्रकृति र संस्कृति उत्कृष्ट गन्तब्य बनेको छ ।
यहाँको प्रकृति र संस्कृतिका विविध छठाको प्रत्यक्ष अवलोकन गर्न देशविदेशबाट पर्यटक आउँछन् । पर्यटकको आगनलाई लक्षित गरी यस क्षेत्रमा विभिन्न सुविधासम्पन्न होटेलका साथै थारु सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आइसकेको छ । कोरोना महामारीका कारण यहाँको पर्यटनमा असर पारे पनि पछिल्ला दिनमा आन्तरिक पर्यटकको बढ्दो आगमनले आफूहरूलाई उत्साहित बनाएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।