कोरोना कहरका कारण लामो समयदेखि सुस्ताएको प्रकृति र संस्कृतिको अनुपम गन्तव्यका रुपमा स्थापित हिमाल पारीको जिल्ला मुक्तिनाथमा दर्शनार्थीको चहलपहल ह्वात्तै बढेको छ । कोरोनाका कारण दुई वर्षयता घरमा नै थुनिएर बस्न बाध्य सर्वसाधारण कोरोनाको कहर घट्दै गएसँगै घुम्न एवम् दर्शन गर्न निस्कने क्रमसँगै झण्डै दुई सातायता मुक्तिनाथ पुग्नेको सङ्ख्या बढेको हो । विशेषतः प्रत्येक वर्षको …