काठमाडौँ। तराई मधेस जनता पार्टी (टाइगर्स)ले निर्वाचन बहिष्कार गरेको छ। सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै सो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गरेको हो।
भैरहवामा मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै ०७५ सालमा सरकारसँग भएको ११ बुँदे सम्झौता अझै कार्यान्वयन नभएको, तराई मधेसका मुद्दाहरू यथावत रहेको, मधेशवादी दलले पनि मधेशका मुद्दा बिर्सेर व्यक्तिगत स्वार्थमा लिप्त भएको उसले आरोप लगाएको छ।