तराई मधेस जनता पार्टी (टाईगर्स) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । पार्टी र सरकारबीच विगतमा भएको ११ बुँदे सम्झौता कार्यान्वयन नभएकाले निर्वाचन बहिष्कार गर्ने मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी जनाएको हो ।पार्टीका केन्द्रीय सचिव मेजर पाण्डेले आफ्ना नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता नभएको र पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरिएकाले बाध्य भएर निर्वाचन बहिष्कार गर्नुपरेको बताए । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणा