काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १३ देखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत विक्री गर्ने भएको छ । कम्पनीले १० बराबर ५ अनुपातमा निष्कासन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलामीमा विक्री गर्न लागेको हो ।
कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म १० बराबर ५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ करोड ४५९ दशमलव ७२ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । सोमध्ये आवेदन परेको ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद शेयर साउन ३० गते बाँडफाँट गरेको थियो । कम्पनीले बाँकी रहेको १३ लाख ३६ हजार ७४२ दशमलव ७२ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । सो शेयरका लागि भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याका लागि भने कुनै हद लाग्ने छैन ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी (भक्तपुर), कुमारीपाटी (ललितपुर), इटहरी (सुनसरी), इलाम, पृथ्वीचोक (कास्की), बुटवल (रूपन्देही), विराटनगर (मोरङ), वीरगन्ज (पर्सा), नारायणगढ (चितवन), सुर्खेत, नेपालगन्ज (बाँके), धनगढी (कैलाली) र जनकपुर (धनुषा) शाखा कार्यालयबाट बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि (शुक्रवार) देखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १० बराबर ५ को अनुपातमा हकप्रद शेयर विक्री गर्न लागेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार पुग्नेछ ।
कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ८२ करोड २१ लाख ४५ हजार बराबरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो ।
हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । योसँगै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले सिन्धुपाल्चोकको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीको पानी उपयोग गरी ७ दशमलव ५ मेगावाट क्षमताको ईन्द्रावती–३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०५९ असार २१ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
हाल कम्पनीले ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो ईन्द्रावती जलविद्युत आयोजना निर्माण गरिरहेको छ । योसँगै भोजपुरमा १४ दशमलव १५ मेगावाट क्षमताको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको निर्माण पनि कम्पनीकै अधिकतम शेयर भएको लोअर इर्खुवा हाइड्रोपावर कम्पनीमार्फत भइरहेको छ ।
कम्पनीको सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गरी २०७९ असोज १४ गतेदेखि एकीकृत कारोबार शुरू गरेको थियो । सुनकोशी हाइड्रोपावर कम्पनीमार्फत यस कम्पनीले तल्लो ईन्द्रावती जलविद्युत आयोजनामा लगानी गरेकोमा उक्त आयोजनाको इजाजत पत्र सरकारले रद्द गरेको छ ।
सरकारले सो आयोजना लिलाम बढाबढ प्रक्रियामार्फत उपलब्ध गराउने निर्णय गरेसँगै नेशनल हाइड्रोपावरले सो इजाजत पत्र प्राप्त गरी उक्त आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ । कम्पनीले सोही आयोजनामा लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो ।
दस वर्षभन्दा लामो समयदेखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया पुनः अघि बढेको छ । विसं २०६७ देखि बन्द भएर खारेज भएको सो आयोजनालाई नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा सकारेपछि पुनः निर्माण प्रक्रिया थालिएको हो । चार दशमलव पाँच मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि आज कम्पनीले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गरी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत आयोजनाबाट प्रभावि
भदौ ६, काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनी चौथो त्रैमासमा रू. २ करोड २१ लाख ८२ हजार नोक्सानीमा रहेको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. १ करोड ४ लाख ९६ हजार खुद नाफा आर्जन गरेको थियो । विद्युत् विक्री आम्दानीमा कमी आएकाले नाफा प्रभावित भएको हो ।
अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी ५४ प्रतिशतले कमी आएको हो । अघिल्लो आवमा कम्पनीले विद्युत् विक्री बापत रू. ५ करोड ५७ लाख ८८ हजार आम्दानी गरेकोमा गत आवमा घटेर रू. २ करोड ५४ लाख १४ हजारमा सीमित भएको हो ।
गत आवको साउन र असार महीनामा इन्द्रावति र मेलम्ची नदीहरुमा आएको बाढीको कारणले आयोजनाबाट ५२ दिनसम्म विद्युत् उत्पादन हुन नसेकाले विद्युत् विक्री आम्दानीमा कमी आएको कम्पनीले जानकारी गराएको छ ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ५९ लाख रहेको छ । जगेडा कोष भने कम्पनीको रू. ३५ करोड ५१ लाख ५६ हजार ऋणात्मक रहेको छ । त्यसैगरी प्रतिशेयर आम्दानी पनि रू. शून्य दशमलव २१ ऋणात्मक र प्रतिशेयर नेटवर्थ रू. ७४ दशमलव ३७ रहेको हो ।
स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण
भदौ १, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको आधा घण्टामा दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
उक्त अवधिसम्ममा खानीखोला हाइड्रोपावर र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको हो । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
खानीखोलाको शेयरमूल्य प्रतिकित्ता रू. ५०५ दशमलव ७० र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य रू. ४८२ दशमलव ७० पुगेको छ । उक्त अवधिसम्ममा खानीखोला हाइड्रोपावरको शेयरमा २ लाख ११ हजार ८०९ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।
त्यसैगरी नेशनल हाइड्रोपावर कम्पनीको शेयरमा २ लाख ९८ हजार ३५५ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।
असार ३१, काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । साथै सभाले लोहर इर्खुवा हाइड्रोपावर कम्पनीले आयोजना निर्माण गर्न लिएको ऋणमा कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा गत फागुन २ गते सञ्चालक समितिको बैठकले गरेको निर्णय पनि अनुमोदन गरेको जानकारी गराएको छ ।
आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।
लगानीकर्ताको विवादका कारण खारेज भएको ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत् आयोजना बोलकबोल प्रक्रियाबाट पुनः नेशनल हाइड्रो पावर कम्पनीले पाएको छ । विद्युत् विकास विभागले सो आयोजना आज पुनः नेशनल हाइड्रोपावर कम्पनीलाई नै उपलब्ध गराएको हो । कम्पनीका अध्यक्ष कुमार पाण्डेका अनुसार आर्थिक तथा प्राविधिक प्रस्तावमा उत्कृष्ठ ठहरिएका कारण आफूहरूबाट गुमेको आयोजना पुनः फिर्ता आएको हो ।आयोजनाको भौतिक निर्माण झण्डै ५० प्रतिशत पूरा भइसकेको छ । विवादमा पर्नु अगाडि आयोजनाले रु ६५ करोड बराबरको लगा
यस कम्पनीले चैत २७ गते गणपुरक संख्या नपुगी स्थगित गरेको वार्षिक साधारण सभा अर्को सुचना सार्वजनिक नभएसम्मका लागि स्थगित गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ११ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भने चैत १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी रू. ६६ लाख ९२ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्ष रू. ३ करोड ५५ लाख ८ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २ करोड ८४ लाख १४ हजार मात्र आम्दानी गरेको छ । आम्दानीमा कमि आएसँगै कम्पनीको सञ्चालन नाफा घटेको छ । गत वर्ष रू. २ करोड ११ लाख ६७ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६८ करोड ६१ लाख मात्र यो नाफा गरेको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव १५ रहेको छ । मंगलवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ ले घटेर अन्तिम मूल्य रू. २३४ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा ग्रेभस्टोन डोजी बनेको छ । यस्तो मैनबत्तिले बजारमा कम्पनीको शेयरमूल्य वियरिस प्रवृत्तिमा प्रवेश गर्न सक्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६९ दशमलव ३३ विन्दुमा छ । यसले शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १२ दशमलव ८६ विन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुबै मूल्यरेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. २३४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. २०५ मा टेवा पाउने र महँगिएमा रू. २५४ मा प्रतिरोध पाउने देखिन्छ ।