काठमाण्डाै – अहिले वाग्मती प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । प्रदेश १, वाग्मती , गण्डकी र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।
आज दिउँसो वाग्मती र गण्डकी प्रदेशसहित अन्य केही ठाउँमा मेघगर्जन, चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।
प्रि मनसुन अन्तिम चरणमा आइपुगेसँगै मनसुनी गतिविधि सुरु हुन थालेको छ । यसपालि मनसुन तोकिएकै मिति जुन १३ तारिखकै आस...