रौतहट – रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी हुनुभएको छ ।
नेकपा एमालेका नेता प्रभु शाहले एमालेले जसपासँग तालमेल गरेकोमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । प्रभु साहले ३२ हजार ४३७ मत ल्याएर विजयी हुँदा अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले २५ हजार २०० मत ल्याउनुभयो ।
प्रभु साहलाई माओवादीले पनि समर्थन गरेको थियो ।