ललितपुर महानगरपालिका वडा नम्बर १३ मा अर्का स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १३ मा स्वतन्त्र उम्मेदवार गणेश केसीले ८६८ मत पाएर विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी निरन केसी ६८९ मत पाएर पराजित भए । यस्तै नेपाली काँग्रेसका जितेन्द्र गजुरेल ६४२ मत पाएर तेस्रो भए । यसअघि वडा नम्बर १ मा पनि स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार ६६१ मतका साथ विजयी भएका थिए ।