एमाले सरकारबाट वाहिरियो, रास्वपा अनिर्णित

नेकपा एमाले सरकारबाट वाहिरिएको छ। सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा ...

सम्बन्धित सामग्री

रास्वपाले भन्यो: काँग्रेस-एमाले गठबन्धनमा सहभागी हुँदैनौँ

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले नयाँ सरकार गठनको प्रक्रिया शुरु भएपछि आफूहरूले सरकारबाट राजीनामा...

रास्वपाले भन्यो: काँग्रेस-एमाले गठबन्धनमा सहभागी हुँदैनौँ

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले नयाँ सरकार गठनको प्रक्रिया शुरु भएपछि आफूहरूले सरकारबाट राजीनामा...

विवादित व्यक्तिहरु सम्मिलित सरकारबाट सुशासनको अपेक्षा गर्न सकिदैन : महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विभिन्न प्रकरणमा आरोपित र विवादित व्यक्तिहरु सम्मिलित सरकारबाट सुशासनको अपेक्षा गर्न नसकिने बताएका छन् । शनिबार विराटनगरमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको केन्द्रीय परिषद भेलामा नेता महरले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले सरकारले संसदीय छानविन समिति बनाउनका लागि समेत अटेरी गरेको आरोप लगाए ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंगलबारदेखि छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु गर्ने भएका छन् । सरकारबाट नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निस्किएपछि मन्त्रिपरिषद्

एमालेसहित तीन दल सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय खाली

नेकपा एमाले, राप्रपा र रास्वपा सत्ताबाट बाहिरिएसँगै १६ मन्त्रालय खाली भएको छ । सोमबार एमाले सचिवालयको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रधानमन्त्री दाहाल मातहतमा रहने मन्त्रालयको संख्या १६ पुगेको हो ।

सरकारलाई रास्वपाको समर्थन कायमै, राष्ट्रपतिमा मौन

सरकारमा सहभागी भएर बाहिरिए पनि समर्थन कायमै राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्ता गठबन्धन दलिए पनि वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थ फिर्ता लिंदै सरकारबाट बाहिरिए पनि संसदको चौथो ठूलो दल रास्वपाले भने तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । सोमबार पार्टी …

दाउ हेर्दै ओली–दाहाल, चिसिँदै सम्बन्ध

काठमाडौं, माघ २९ । सात दलीय सत्ता गठबनधनभित्रका मुख्य शक्तिहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच तिक्तता चुलिँदै गएको छ । गृहमन्त्री नपाएर रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्ध चिसिँदै गएको हो । नेपाली कांग्रेस भने हौसिएको छ । शनिबार कांग्रेसका प्रवक्ता […]

गठबन्धनका मुख्य शक्तिबीच तिक्तता चुलिँदै

काठमाडौं । सात दलीय सत्ता गठबनधनभित्रका मुख्य शक्तिहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच तिक्तता चुलिँदै गएको छ । गृहमन्त्री नपाएर रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्ध चिसिँदै गएको हो । नेपाली कांग्रेस भने हौसिएको छ । शनिबार कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले […]

घेराबन्दीमा प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेसहितका दलहरूको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भए। माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीका नेतालाई सहभागी गराएर दाहालले ११ गते पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरे। तर सरकारको नेतृत्व सम्हालेको दुई महिना बित्न नपाउँदै दाहाल नेतृत्व सरकारबाट रास्वपा अलग भएको छ। नागरिकता मुद्दामा सर्वोच्च […]

गठबन्धन जोगाउने प्रमुख जिम्मेवारी प्रधानमन्त्रीको : एमाले

गृह मन्त्रालयको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले लिँदै आएको अडानविपरीत एमाले मध्यमार्गी समाधान खोज्नुपर्ने पक्षमा देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबारसम्म गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने अल्टिमेटम दिएपछि प्रधानमन्त्रीले नै विवाद समाधानको पहल लिनुपर्ने एमालेको धारणा आएको हो । तर, अल्टिमेटपछि प्रधानमन्त्री दाहाल र रास्वपा सभापति रवि लामिछानेबीच वार्ता भएको छैन ।