गृह मन्त्रालयको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले लिँदै आएको अडानविपरीत एमाले मध्यमार्गी समाधान खोज्नुपर्ने पक्षमा देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबारसम्म गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने अल्टिमेटम दिएपछि प्रधानमन्त्रीले नै विवाद समाधानको पहल लिनुपर्ने एमालेको धारणा आएको हो । तर, अल्टिमेटपछि प्रधानमन्त्री दाहाल र रास्वपा सभापति रवि लामिछानेबीच वार्ता भएको छैन ।