आइतबार साँझ मिटरब्याज विरोधी अभियन्ता सौरभ श्रेष्ठलाई भेट्न शान्तिवाटिका पुग्दा उनी कार्ल मार्क्स पढिरहेका थिए । उनलाई पढ्न निकै सकस भइरहेको थियो । कारण, उनको एउटा हातमात्र सद्दे छ– दाहिने । त्यही एउटा मात्र सद्दे हातको सहाराले पन्ना पल्टाउँदा पुस्तक असन्तुलित भएर हातबाट झर्थ्यो । पढ्नमात्र होइन, दैनिक जीवनका अन्य काम गर्न पन...