नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को आइतबार दिउँसो ३ बजेसम्म २ हजार ९ सय ९३ मत गणना भएको छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म डा.शशांक कोइरालाले २ हजार ४४२ मत सहित सबैभन्दा अगाडि छन् भने एनपी साउदले १ हजार ८९६, गृहमन्त्री बालकृष्ण खाँण १ हजार ८५२ र उदय सम्शेर राणाले १ हजार ८०८ मत पाएका छन् ।