गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृत्यु भएको हो । विगत तीन सातादेखि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीव्र रुपमा बृद्धि भएपनि बुधबार भने जम्मा ७ जनाको मात्र मृत्यु भएको थियो । तर, बिहीबार पुनः मृतकको संख्या बृद्धि भएर पछिल्लो २४ घण्टामा १७ पुगेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए । उनका अनुसार कास्कीमा ६, स्याङजा ४, नवलपरासी पूर्व ३, पर्वत २