एजेन्सी । भारतको उत्तर प्रदेशस्थित कानपुरमा मंगलबार राती भएको सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ ।कानपुरस्थित कानपुर-इटावा राजमार्गमा तिव्र गतिमा कुदिरहेको बसले टेम्पुलाई ठक्कर दिँदा कम्तिमा १७ जनाको मृत्यु भएको हो । तिव्र गतिको बसले ठक्कर दिएको टेम्पु सडक किनारमा खसेको छ भने बस सडकमै पल्टिएको छ । दुर्घटनामा डेढ दर्जनभन्दा बढी घाइते भएका छन् ।