आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूले आफ्नो पक्षमा मत कसरी प्राप्त गर्न सकिन्छ भनेर जनताको मन जित्न विभिन्न प्रयास गरिरहेका छन् । निर्वाचन आयोगको आचारसंहिता, २०७९ को दफा १३ अनुसार मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न पाइने भएपछि हाल उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त देखिएका छन् ।आचारसंहिताअनुसार यही कात्तिक १७ गतेभन्दा अघि कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा गर्न तथा सञ्चारमाध्यममा कुनै प्रकार