कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित कांग्रेस नेता एवं पूर्वमन्त्री रमेश लेखकले महाकाली नगरपालिकामा घरदैलो अभियान सुरु गरेका छन्। महाकाली नगरपालिका वार्ड नं. १० कुतियाकवरबाट घरदैलो भेटघाट कार्यक्रम सुरु गरेका हुन्। यसअघि मंसिर २१ गतेको चुनावी प्रचार पनि कुतियाकवरबाट गरेका थिए।