जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको ५७ दिनपछि हत्या अभियोगमा एक युवकलाई आज सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको भन्दै गुल्मीदरबार गाउँपालिका–१ का ३१ वर्षीय पोमबहादुर घर्तीलाई सार्वजनिक गरेको हो ।
घर्तीलाई गत माघ १० गते जङ्गलमा शिकार खेल्ने क्रममा रेसुङ्गा नगरपालिका–१४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विकको हत्या गरेको अभियोगमा आज प्रहरीले सार्वजनिक गरेको हो । गत माघ ३ गते बिहान घरबाट घाँस काट्न भनी जङ्गल गएका विक रेसुङ्गा नगरपालिका–१ बलिथुमस्थित औरबीखोलामा दिउँसो २ बजे ...