कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् । कृषि मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्डमा आयोजित दुग्ध क्षेत्रको ‘ब्रिफिङ’ कार्यक्रममा मन्त्री यादवले सबैको आवश्यकता हेरेर दूधको मूल्यवृद्धि गर्नुपर्ने बताए । दूधको अवस्था के छ, किसानको अवस्था के छ, उद्योगको अवस्था के छ, यी सबै कुराको अध्ययन गरेर मात्र मूल्यवृद्धि गर्नुपर्छ, उनले भने, “उपभोक्तालाई पनि मार नपरोस् किसानलाई पनि मार नपरोस् सबै विषयको वैज्ञान