अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले ए डिभिजन लिगमा एन्फाको चरम लापरबाही देखिएको बताएका छन् । खेलमैदानमा डाक्टरसमेत नहुने स्थिति लज्जास्पद भएको उनको भनाइ छ । मच्छिन्द्र क्लबका खेलाडी मनिष डाँगी दशरथ रंगशालामा मछिन्द्र र च्यासल युथ क्लबको खेलमा शनिबार एकाएक बेहोस भएर मैदानमा ढलेका थिए। 'दुवै टिमका खेलाडीहरु अत्यन्त आत्तिदै डक्टर डक्टर भनेर कराइ रहेको र केही खेलाडीहरु रोएको हृदयविदारक दृश्य पनि देखिन्थ्यो’, शनिबार भएको घटनाबार