बिरामीको उपचारमा व्यस्त भइरहने चिकित्सकलाई पनि चुनावको रन्कोले छोएको छ। विगतका चुनावमा एकाध चिकित्सक देखापर्थे भने यस पटक चुनावी मैदानमा थुप्रै चिकित्सक प्रतिस्पर्धामा उत्रिएका छन्। पद र पेसाबाट राजीनामा दिएर प्रतिस्पर्धामा होमिएका उनीहरू आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि यतिबेला व्यस्त छन्। चुनावी मैदानमा उत्रने केही चिकित्सक मुख्य राजनीतिक पार्टीबाटै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने केहीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।चिकित्सकहरूले सांसद भएपछि स्वास्थ्य क्षेत्र सुधारका लागि नी