एक सय १२ जना कविद्वारा रचित ‘अपराध–सुधार’ कविता सङ्ग्रहको विमोचन गरिएको छ । क्विन्स किचेन अनामनगरमा शनिबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरकी अध्यक्ष कवि सन्ध्या पहाडी, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल बोर्ड अफ ट्रस्टीका सल्लाहकार प्राडा. खगेन्द्रप्रसाद लुइटेल, सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायत विशिष्ट साहित्यिक व्यक्तित्वहरूले सो कृतिको संयुक्त रूपमा विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अति