काठमाडौं । यातायात व्यवस्था विभाग गुर्जुधाराबाट आज ९ जना बिचौलिया पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–५ स्थित यातायात व्यवस्था विभाग गुर्जुधारामा लाइसेन्स, ब्लु–बुकलगायत कागजातको राजस्व तिर्न गएका सर्वसाधारणलाई हैरानी बनाएका उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राजस्वमा लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजी छिटोछरितो...