काठमाडौँ : काठमाडौँबाट दुई दिनमा ३८ जना बिचौलिया समातिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट २५ जना र वैदेशिक रोजगार कार्यालयबाट १३ जनालाई नियन्त्रणमा लिएको हो।उनीहरूले ती कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीलाई सेवा लिनेदिने कार्यमा बाधा पुर्याई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिने प्रलोभनमा छिटो काम गरिदिने आश्वासन दिने गरेको प्रहरीले जनाएको छ।गर्न नसक्ने कामलाई सजिलै गरिदिन्छौँ भनेर भ्रममा पारी सेवाग्राहीलाई जबर