नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले साउन ३० गते युरोपेली मुलुक पोर्चुगलबाट काभ्रेको भुम्लु गाउँपालिका– १ का ४३ वर्षीय केदार ढुंगानालाई पक्राउ गरी नेपाल ल्याएको छ ।
देवः विकास बैंकबाट २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ठगी गरी फरार रहेका उनलाई इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरी इन्टरपोलकै सहयोगमा पक्राउ गरी सीआईबीको टोलीले नेपाल ल्याएको हो ।
केदारले त्यति ठूलो रकम कसरी ठगे त ? यसबारे जान्न लगभग साढे २ वर्ष अगाडि जानुपर्छ । काभ्रे भुम्लु गाउँपालिका–१ का हरिनायण (नाम ...