यी चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार जसले १३ दिनको प्रचारबाटै आफूलाई निर्वाचित गराए

जेठ ८, काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा करीब १ दर्जन उम्मेदवारहरू स्वतन्त्रबाट उम्मेदवारी दिएर विजयी भएका छन् । राजनीतिक दलहरूको चुनाव चिन्ह निर्वाचन आयोगमा दर्ता गर्दै खेरी तय भएपनि स्वतन्त्र उम्मेदवारहरूले भने मनोनयन दर्ता गरिसकेपछि वैशाख १७ गते मात्रै चुनाव चिन्ह पाएका थिए । त्यसको १३ औं दिनमा त मतदान भएको थियो ।  स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह ढिलो पाउने र प्रचार प्रसार गर्न नपाउने भएकाले राजनीतिक दलले स्वतन्त्र उम्मेदवारलाई खासै ठूलो चुनौतिका रुपमा लिन्नथे । तर यसपाली भने राजनीतिक दलहरूलाई चुनौति दिने गरी गाउँ/नगर मात्रै होइन उपमहानगर र महानगरमै स्वतन्त्र उम्मेदवारले बाजी मार्ने अवस्था आएको छ । अहिलेसम्म निर्वाचित स्वतन्त्र उम्मेदवार मध्ये ६ जना गाउँपालिकाको अध्यक्ष, ३ जना नगरपालिकाको मेयर र २ जना उपमहानगरपालिकाको मेयर रहेका छन् । १ जना उपमहानगर र १ जना महानगरपालिकामा विजयउन्मुख रहेका छन् । यो पटक स्थानीय तह निर्वाचनमा मतदान हुनु अघिसम्म सबैभन्दा धेरै पपुलर भएका चुनाव चिन्ह लौरो, भुईंकटहर र आँप हुन् । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका  बालेन्द्र साहले लौरो चुनाव चिन्ह पाएपछि यो चिन्हको चर्चा शुरु भएको थियो । भरतपुर महानगरमा सत्ता गठबन्धनले माओवादीलाई मेयर छोडेपछि कांग्रेसबाट असन्तुष्ट नेता कार्यकर्ताको प्रतिनिधित्व गरेर सवतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भुईंकटहर चुनाव चिन्ह पाएपछि यो पनि चर्चामा रह्यो । त्यस्तै धनगढी उपमहानगरपालिकामा गोपाल हमालले आँप चुनाव चिन्ह पाएपछि यो पनि चर्चामा रह्यो ।  तर मिडियामा त्यति धेरै चर्चामा नआएपनि देशका दर्जन बढी स्थानीय तहको नेतृत्व लिएका उम्मेदवारले पाएका निर्वाचन चिन्हहरू यस्ता छन् :  कैलालीको धनगढी उपमहानगरपालिकामा मेयर निर्वाचित गोपाल हमालले आँप चुनाव चिन्ह पाएका थिए । सुनसरीको धरान उपमहानगरपालिकामा निर्वाचित हर्कराज राइले लौरो चुनाव चिन्ह पाएका थिए । डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको नेतृत्व लिने कर्मा छोईवेल गुरुङ्ले खरायो चुनाव चिन्ह पाएका थिए । जुम्लाको चन्दननाथ नगरपालिकाको नेतृत्व लिएका राजु सिहँ कठायतले धारा चुनाव चिन्ह पाएका थिए । त्यसैगरि, भोजपुरको साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष निर्वाचित दौलथ कुमार कुलुङले पनि धारा चुनाव चिन्हबाटै चुनाव जितेका थिए । त्यसैगरी ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका ज्ञानेन्द्र रुम्दालीले पनि धारा चुनाव चिन्ह पाएका थिए । यस्तै, कालिकोटको खाँडाचक्र नगरपालिकाको मेयरमा निर्वाचित कमल बहादुर शाहीले हाँस चुनाव चिन्ह पाएका थिए । कालिकोटकै सान्नी त्रिवेणी गाउँपालीकाको अध्यक्ष निर्वाचित मोहनबाहादुर केसीले पुतलि चुनाव चिन्ह पाएका थिए । यसैगरि, हुम्लाको चंखेली गाउँपालिकाको अध्यक्षामा निर्वाचित प्यारी लाल शाहीले पनि हाँस चुनाव चिन्ह पाएका थिए । त्यस्तै, बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित सन्तोष प्रकाश जोशिले पनि पुतली चुनाव चिन्ह पाएका थिए । यस्तै, महोत्तरीको बर्दीबास नगरपालिकाको मेयरमा निर्वाचित  प्रहल्लाद कुमार क्षेत्रीले जिराफ चुनाव चिन्ह पाएका थिए ।  जनकपुरधाम उपमहानगरपालिकामा मेयरका उम्मेदवार मनोजकुमार साहले घण्टाघर चुनाव चिन्हमा अग्रता लिएका छन् भने काठमाडौं महानगरपालिकामा वालेन्द्र साहले लौरो चुनाव चिन्हमा फराकिलो अग्रता लिएका छन् । 

सम्बन्धित सामग्री

बारा २ स्वतन्त्र उम्मेदवार यादव निरन्तर अगाडि

बारा निर्वाचन क्षेत्र २ मा स्वतन्त्र उम्मेदवार रामकिशोर यादवले ५०४ मतले अग्र स्थानमा रहेका छन् । ५ दलीय सत्ता गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशहवा र एमाले–जसपा गठबन्धनका उम्मेदवार रामसहाय यादवलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार यादवले अग्र स्थानमा रहेका हुन् । खरायो चुनाव चिन्ह लिएर उम्मेदवार रहेका रामकिशोर यादवले ६ हजार २८९, एमाले–जसपा गठबन्धनबाट रामसहाय यादवले ५ हजार ७८६  र तेस्रो स्थान र सत्ता गठबन्धन उम्मेदवार शिवचन्द्र कुशहवाले ५ हजार ३९८ मत प्राप्त गरेका छन् ।

रुकुम पूर्वको प्रदेशसभा 'क' मा स्वतन्त्र उम्मेदवार पुन विजयी

रुकुम – रुकुम पूर्वको प्रदेश सभा क्षेत्र क मा स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर विजय हुनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर ओलीलाई पुनले पराजित गर्नुभएको हो । उहाँले बिजुलीको बल्ब चुनाव चिन्ह लिएर चुनाव लड्नु भएको थियो । ओली नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुनुहुन्छ भने पुन नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सदस्य हुनुहुन्थ्यो । स्वतन्त्र उम्मेद्वारी दिएपछि उहालाई पार्टीले कारबाही गरेको थियो । स्वतन्त्र उम्मेदवार पुनले चार हजार ४६५ मत प्राप्त गरेर विजय हुनु...

रौतहट – ३ मा स्वतन्त्र उम्मेदवार अगाडि

राैतहट – रौतहट क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारहरुले अग्रता बनाएका छन् । मौलापुर-९, सोनारनिया र गुजरा नपा १,८ र ९ काे मत गन्दा स्वतन्त्र उम्मेदवार प्रभु साहले ३ हजार ३१५ मत ल्याउनुभएकाे छ । यस्तै अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले १ हजार ८८२ मत ल्याउनुभएकाे छ । माओवादीकाे तर्फबाट एकल चुनाव चिन्ह लिएर उठ्नुभएका रवीन्द्र पटेलले १ हजार २२८ मत पाउनुभएकाे छ ।

‘लौरो’ चुनाव चिन्ह खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौँ । लौरो चुनाव चिन्हको सम्बन्धमा प्रस्ट पारिदिन निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।  हाम्रो नेपाल पार्टीले केही समय अघि नै लौरो चुनाव चिन्ह आफ्नो भनेर आयोगमा दर्ता गरेपनि स्वतन्त्रहरूको साझा चिन्ह भन्दै प्रचार भएपछि आयोगसँग प्रस्टीकरणका लागि निवेदन दर्ता भएको हो ।  आइतबार निर्वाचन आयोगमा पुगेर काठमाडौँ क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार […]

ज्यादतीविरुद्ध धादिङमा वलिया स्वतन्त्र उम्मेदवार

गजुरी – वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ को उम्मेदवारी फिर्ता लिन समय सकिएको छ । उम्मेदवारी फिता लिने समय भएसँगै उम्मेदवारको अन्तिम नामावली र चुनाव चिन्ह प्रकाशित गरिएको छ । नीलकण्ठा नगरपालिकामा उपप्रमुख पदमा गठवन्धन दलबाट प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार भएपछि कल्पना अधिकारीले उपप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोनयन […]

आफ्नो चुनाव चिन्ह नदेखेपछि मेयर पदका उम्मेदवार धर्नामा

जनकपुरधाम : आफ्नो चुनाव चिन्ह नदेखेपछि जनकपुरधामका एक स्वतन्त्र उम्मेदवार धर्नामा बसेका छन्।निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा धनुषाका लागि प्रकाशन गरिएको नमुना मतपत्रमा आफ्नो चुनाव चिन्ह नदेखेपछि उनी धर्नामा बसेका हुन्।जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले आफ्नो चुनाव चिन्ह घण्टाघर मतपत्रमा नदेखेपछि सोमबार धर्नामा बसेका  छन्।साह जनकपुरधामको निर्वाचन अधिकृतको कार्यालयमा धर्नामा बसेका छन्। उनले २४ घण्टाभित्र नमुना मतपत्रमा आफ्नो

सरावलमा कांग्रेसका बागी एउटै चुनाव चिन्ह लिएर प्रचारमा

१८ वैशाख, परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार एउटै चुनाव चिन्ह लिएर प्रचारमा लागेका छन् । अध्यक्ष उम्मेदवार राधेश्याम चौधरी र उपाध्यक्ष पदका उमेदवार प्रदीपकुमार अग्रहरीले स्वतन्त्रबाट खानेपानीको ‘धारा’ चुनाव चिन्ह लिएका हुन् । चुनाव प्रचारप्रसारमा रहेका उनीहरुले मतदातारुलाई भोट दिन सहज हुने भन्दै एउटै चिन्ह लिएको बताए । […]

विराटनगरमा स्वतन्त्रका मेयर-उपमेयर दुवैलाई लाल्टिन चुनाव चिन्ह

विराटनगर : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयर पदका स्वतन्त्र उम्मेदवारले एउटै चुनाव चिन्ह  पाएका छन्। विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादव र उप मेयरका लागि स्वतन्त्र  उम्मेदवार दिएकी नमिता न्यौपानेले चुनाव चिन्ह लालटिन पाएको छ।शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले यादव र न्यौपानेलाई लालटिन चुनाव चिन्ह दिएको हो।यादव जसपाबाट मेयरका आकांक्षी थिए। तर, गठबन्धन गर्दा पार्टीले उपमेयर पाएपछि उनले पार्टी परित्याग ग

बालेनकाे चुनाव चिन्ह लाैराे

काठमाडौँ – काठमाडाैँ महानगरकाे मेयरमा स्वतन्त्रबाट उम्मेदवार दिएका र्‍यापर तथा इन्जिनियर बालेन साहकाे चुनाव चिन्ह लाैराे रहने भएकाे छ। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनको लागि आज शनिबार बालेनलाई चुनाव चिन्ह लाैराे प्रदान गरेकाे हाे। आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिन्हमध्येबाटै निर्वाचन चिन्ह दिएकाे छ। देशभर १२ हजार […]