रुकुम – रुकुम पूर्वको प्रदेश सभा क्षेत्र क मा स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर विजय हुनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर ओलीलाई पुनले पराजित गर्नुभएको हो ।
उहाँले बिजुलीको बल्ब चुनाव चिन्ह लिएर चुनाव लड्नु भएको थियो । ओली नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुनुहुन्छ भने पुन नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सदस्य हुनुहुन्थ्यो । स्वतन्त्र उम्मेद्वारी दिएपछि उहालाई पार्टीले कारबाही गरेको थियो ।
स्वतन्त्र उम्मेदवार पुनले चार हजार ४६५ मत प्राप्त गरेर विजय हुनु...